जापानको लागि प्रारम्भिक यु—१२ का ३५ खेलाडी छनोट

पोखरा ५ माघ /एक महिनापछि जापानमा यु १२ को अन्तराष्ट्रिय प्रतियोगिताको लागि पोखरामा खेलाडी छनोट गरिएको छ । पहिलो चरणबाट ६० जना बाल खेलाडीबाट अहिले ३५ जना छनोट गरिएको छ । अहिले विभिन्न ठाँउका ३५ जना खेलाडीहरु प्रशिक्षण रहेको प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । छनोट भएकाहरुलाई विहान र साँझ समय अनुकुल नियमित प्रशिक्षण दिईरहेको छ ।

नेपालको प्रतिनिधित्व गराउने लक्ष्य सहित नेपाल अधिराज्यव्यापी छनोट गरिने प्रशिक्षक राजेन्द्र तामाङले बताए । छनोट पोखरा रंगशालामा छनोट हुने छ । अन्य जिल्लाबाट समेत उमेर समूहका खेलाडीलाई अन्तिम छनोटमा समावेश गरेर अन्तिम नामावली निकाल्ने उनको भनाई थियो । ‘अन्तिम नामावलीको लागि जापानबाटै बसन्त गौचनसहितको टोली पोखरा आउने छ ।’ उनले भने—‘त्यसपछि उहाँहरुले छनोट गरेर नेपाली टिमको फाईनल हुने छ । बन्द प्रशिक्षणपछि जापान लैजाने छन् ।’

नेपाली पुर्व राष्ट्रिय खेलाडी समेत रहेको बसन्त गौचन अहिले जापाननमा व्यस्त छन् । उनको उपस्थितिमा अन्तिम नामावली प्रकाशन गरेपछि अप्रिलमा जापानमो हुने यु १२ अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने छ ।  जापानस्थित फनरुट्स एकेडेमीका संयोजक समेत रहेको गौचनले नेपाली फुटबलको विकास गर्ने उद्देश्य अनुरुप यु १२ को टोली जापान लैजान लागेका हुन् । यु १२ टोली दोस्रो पटक जापान जाने छ ।

नेपाली फुटबल खेलाडीलाई अन्तराष्ट्रिय प्लेटफर्म बनाउनको लागि पनि गौचनको यो अभियान प्रभावकारी हुने एएफसी ए लाईसेन्सप्राप्त प्रशिक्षक तामाङले सुनाए । अन्तिम नामावलीसगै आवश्यक कागजपत्र मिलाउन गौचन नेपाल आउने उनको भनाई छ ।  अप्रिलमा हुने कोपा पुमा टोरेरोस—२०१७ मा नेपालसँगै कोरिया, जर्मन, मेक्सिको, इरान, डर्टमुण्ड लगायतका देशबाट सहभागिता रहने छ । गौचनको अभियानलाई युवा व्यवसायी प्रकाश तुलाचनले सहयोगी भूमिका खेल्दै आएका छन् ।

कमेन्टहरु
Loading...