गर्लफ्रेण्ड बनाउने वैज्ञानिक तरिका

पोखरा ४ माघ /धेरै यूवा यूवतीहरुले फेब्रुअरी १४ तारिकलाई प्रेमील दिनका रुपमा मनाउँछन् । यस वर्षको प्रेम दिवस अर्थात भ्यालाइटाइन डे युवापुस्ताका लागि अझ विशेष हुने भएको छ । पोखरामा अहिले केही युवाहरु गर्लफ्रेण्ड सम्बन्धी एक पृथक तर वैज्ञानिक रहस्योद्घाटन गर्ने जमर्कोमा जुटिरहेका छन् ।

वास्तवमा आफुले चाहेको गर्लपे्रmण्ड कसरी बनाउन सकिन्छ ? गर्लपे्रmण्ड बनाउने वैज्ञानिक उपाय के हो ? जस्ता प्रश्नहरुलाई आधार बनाएर एउटा बिल्कुलै नौलो धारमा ‘गर्लफ्रेण्ड’ लघुचलचित्र सार्वजनिक हुने भएको हो । यो चलचित्रले युवापुस्तालाई नयाँ तरिकाले दिशानिर्देश गर्ने अपेक्षा यसको निर्माण पक्षले गरेको छ ।

सफल मान्छेहरु सबकन्सियस माइण्ड (अवचेतन मन) प्रयोग गर्छन, र सफल हुन्छन् । यो चलचित्रमा आफुले चाहेजस्तो गर्लफेण्ड सफल कसरी हुने ? त्यसको लागि सबकन्सियस माइण्डको कसरी प्रयोग गर्ने ? भन्नेबारे स्पष्ट पार्न खोजिएको छ ।
पेशाले इन्जिनियर समेत रहेका यस चलचित्रका पटकथाकार रोशन गुरुङ भन्छन् “ब्रहमाण्ड कसरी बन्छ ? यसको नियम के हो ? मलाई सानै देखि चासो हुन्थ्यो, पछि मैंले यससम्बन्धी धेरै अध्ययन पनि गरें । त्यही नियममा नै गर्लपे्रmण्ड निर्माण गरिएको छ । यो चलचित्रले युवापुस्तामा नयाँ आशा र उत्साह सञ्चार गर्नेछ ।”

दुई दिन अघि हाइलाइट्स नेपालद्धारा उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरमा डायलगको अन्त पनि गहन प्रश्नसंगै गरिएको छ–‘आखिर लेख्ने कस्को हातमा छ त ? भगवानको की आफनै ?’ यो अत्यन्त जटिल प्रश्नको जवाफ चलचित्र कसरी दिन्छ आम चासोको विषय बन्न पुगेको छ ।

भ्यालाइटाइन डेको अवसरमा यूट्युबमार्पmत फेबे्रवरी ७ मा रिलिज गरिने गर्लपे्रmण्डका निर्देशक राकेश गुरुङले बताएका छन् । यस लघुचलचित्रमा पोखरेली कलाकारहरु अदिर्श गुरुंङ्ग, अस्मिता पुन, र अनिता गुरुंङ्ग (अनु)को मुख्य भुमिका रहेको छ ।

कमेन्टहरु
Loading...