पोखरा महोत्सवमा दर्शकको घुइचो

पोखरा, ४ माघ /पोखराको अमरसिंह चौरमा जारी सातौ संस्करणको पोखरा महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको छ । महोत्सवको चौथो दिन मात्रै १६ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन भने ९० लाखको कारोवार भएको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा दिन प्रतिदिन दर्शकहरुले उल्लेख्य मात्रामा सहभागीता जनाएका छन । महोत्सव स्थलमा राखिएको बन्यजन्तु उद्धार केन्द्र निर्माण सहयोगार्थ वन्यजन्तु अवलोकन केन्द्र र लेखानाथको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखानाको भु आकृति स्याण्ड मोडेलले दर्शकको ध्यान केन्द्रित गरेको छ ।

महोत्सव स्थलभित्र निर्माण गरेको चिडियाखानाको भु आकृति र बन्यजन्तु अवलोकनमा विशेष गरी बिद्यार्थीहरुले सहभागीता जनाउने गरेको वताउदै प्रचार प्रसार संयोजक श्रेष्ठले पोखरा महोत्सव एउटा अध्ययन केन्द्र समेत बन्न पुगेको वताए ।
महोत्सवको चौथो दिन लोकदोहोरी तर्फ देवी घर्ती मगरले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइनभने स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइन ।

महोत्सवको पांचौ दिन लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, टेक क्षेत्री, नारायण सुनार, माया गुरुङ, मधु चापागाई, दुर्गा सापकोटा, कृष्ण गुरुङ, जीवन दाहाल लगायतको प्रस्तुती रहनेछभने हास्यब्यङग्य तर्फ चम्सुरी र दारी बा को प्रस्तुती रहनेछ । त्यसैगरी लाइभ ब्याण्ड तथा पप कन्सर्टतर्फ प्रयत्न एण्ड अल ज्यामर्सको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए । पोखरा तारा तीन अन्तर्गत सोमबार टप टेनका प्रतिस्पर्धीहरुले टप एटका लागी ५ जनाले आफ्नो पस्तुती राखेका थिएभने मंगलबार ५ जनाले आफ्नो प्रस्तुती राख्नेछन् ।

कमेन्टहरु
Loading...