भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड

पोखरा, ३ माघ /राष्ट्रिय भुकम्प सुरक्षा दिवस आईतवार विभिन्न कार्यक्रम गरि पोखरामा पनि मनाईको छ । भुकम्प सुरक्षा दिवस समारोह समिति कास्कीको आयोजना र नेपाल रेडक्रस सोसाईटी कास्कीको व्यवस्थापनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गत २०७२ सालमा नेपालमा भएको भुकम्पको स्मरण गर्दै भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा  कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले भवन निर्माण गर्दा अपनाउनुपर्ने विषहरु जनस्तरमा पु¥यानुपर्नेमा जोड दिदै कार्यान्वय गर्नका लागि स्थानीय निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । तर भवन निर्माणमा महत्वपूर्ण जिम्मेवारी पाएको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाका प्रतिनिधी भने कार्यक्रममा उपस्थित भएनन् ।

शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन कार्यालय कास्कीका कल्पाना सवेदीले भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले कास्कीको पामे, हेम्जा, अर्मला, लेखनाथका विभिन्न स्थानहरुको भुबनोट कमजोर भएकाले त्यस क्षेत्रका स्थानीयहरुले भवन बनाउदा सचेत हुनुपर्नेमा जोड दिनुभयो । रेडक्रस कास्कीका सभापति वामदेव ढुंगानाले भुकम्पले मानिसको ज्यान लिने नभई मानिसले बनाएको पूर्वाधारले च्यापिएर मृत्यु वा घाईते हुने भएकाले भवन बनाउदा नै ख्याल गर्नुपर्ने बताउनुभयो ।

रेडक्रस कास्कीका सभापति वामदेव ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्जिनीयर एसोसियसन क्षेत्रीय च्याप्टर पोखराका अध्यक्ष विजेन्द्र केसीले स्वागत र कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमिल्सीनाले गर्नुभएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनीयर सुर्य प्रसाद बराल, ईन्जिनीयर किसना सिंह गुरुङ, दण्डराज शर्मा, दान बहादुर गुरुङ लगायतले भुकम्पबाट बच्न पूर्वाधार नै बलियो हुनुपर्नेमा जोड दिएका थिए ।
१९ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको नारा भुकम्पिय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र पूर्वाधार भन्ने रहेको छ । सरकारले १९९० साल यता माघ २ गतेलाई भुकम्प सुरक्षा दिवसका रुपमा मनाउदै आएको छ ।

कमेन्टहरु
Loading...