बिशाल महादेवको मूर्तिले देशकै विकासमा महत्व राख्छ–उपप्रम महरा

पोखरा,२ माघ / उपप्रधान एवम् अर्थ मन्त्री कृष्ण बहादुर महराले पोखराको पर्यटकीय विकास मुलुककै समग्र विकासमा अर्थपूर्ण महत्व राख्ने बताउनु भएको छ । पोखरा २५ पुम्दीकोटमा निर्माणाधीन बिशाल महादेव मूर्ति निर्माण परिसरमा आज स्थलगत अवलोकन गर्दै उहाँले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनु भयो ।

पुम्दीकोटमा निर्माण गर्न लागिएको बिशाल महादेव मूर्ति सहीतका संरचना निर्माणमा सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले विकास निर्माणमा राज्य,निजी क्षेत्र र समुदायको सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो । प्राकृतिक सौन्दर्य नगरि पोखरामा रहेका प्राकृतिक श्रोतको भरपुर उपयोग गर्दै थप पर्यटकीय गन्तव्य निर्माण गर्नुपर्ने बताउँदै उहाँले आन्तरिक एवम् वाह्रय पर्यटक प्रवद्र्धनले स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने बताउनु भयो ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. दिपेन्द्र बहादुर क्षेत्रीले एक जना विदेशी पर्यटक बरावर १२ जनाले रोजगार पाउने बताउँदै विशाल महादेव मूर्ति स्थापनसंगै पर्यटकको एक दिनको बसाई लम्व्याउन सहयोग पुग्ने बताउनु भयो । पुम्दीकोट बिशाल महादेव मूर्ति निर्माण तथा उपभोक्ता एवंम पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले समृद्धि र विकास बेरोजगारी र विदेश पलायनको निकास भन्ने लक्ष्यका साथ शुरु गरिएको धार्मिक एवम् पर्यटकीय क्षेत्र निर्माणमा सरकारी पक्षबाट उचित सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

समुद्री सतहबाट एक हजार पांच सय मिटरको उचाईमा रहेको लगभग १८ रोपनी क्षेत्रफल फैलीएको सो कोटमा महादेवको मूर्ति,योगसाधना कक्ष,वगैचा,बन्ने भएको छ । गुरुयोजना सम्पन्न गर्नका लागि विगतमा गरिएको लगभग २१ करोड रुपैयाको लागत अनुमान भएपनि पछिल्लो समयको मुल्यवृद्धि लगायतका कारणले लागत बढने अनुमार गरिएको छ ।

कमेन्टहरु
Loading...