शान्ति उदय माबिमा सामुदायिक सुचना केन्द्र सुरु

पोखरा, २ माघ /कास्कीको लेखनाथ नगरपालिका वडा न १८ भरत पोखरी स्थित शान्ति उदय माबिको ५७ औं बार्सिकोत्सब, अभिभाबक दिबस एंम पुरस्कार बितरण समारोह आइतबार सम्पन्न भएको छ ।

ब्यबस्थापिका संसद विकास समितिका सभापती रबिन्द्र अधिकारिले उद्घाटन गरे । अधिकारिले शैक्षिक संस्थाहरु भौतिक पुर्बाधारले सम्पन्न सम्पन्न नभए सम्म गुणस्तरीय शिक्षा सम्भब नहुने भन्दै सो को लागि समयानुकुल शिक्षा सम्बन्धी नीति नियम परिमार्जन हुनु पर्ने बताए। उनले ब्यबहारिक र प्राबिधिक शिक्षा नभय शैक्षिक बेरोजगारि मात्रै श्रृजना हुने हुदा आफ्नो नेतृत्वको सम्सदको विकास समिति त्यसमा लागि परेको बताए।

सो अबसरमा अधिकारिले शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा बिजयी विद्यार्र्थीहरुलाई पुरस्कार बितरण समेत गरेका थिए। विद्यालयका प्रधानाध्यापक टेक नारायण गिरीले विद्यालयको वार्षिक प्रगति विवरण पेस गरेका थिए। सो कार्यक्रममा वडा सचिब वसन्त राज लम्साल , नयाँ शक्ति पार्टी कास्किका सम्योजक हेम बहादुर थापा , पत्रकार तथा पुर्ब विद्यार्थी रामजी लम्साल, पुर्ब प्रधानाध्यापक कमल प्रसाद आचार्य, पुर्ब शिक्षिका रमा आचार्य ,वडा नागरिक मन्च का अध्यक्ष सदन कुमार महत,बिध्यार्थी नमुना लम्साल लगायतले बोलेका थिए। ब्यबस्थापन समिती अध्यक्ष केशबराज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक कबिराज पौडेल र सन्चालन शिक्षक बेदनाथ आचार्यले गरेका थिए।

यसअघि सभापती अधिकारीले एक छुट्टै कार्यक्रमका बिच लेखनाथ १८ को सोही स्थानमा नब निर्मित बरपान्डे थुम बहुउद्देश्यीय सामुदायिक सुचना केन्द्रको उद्घाटन समेत गरेका थिए। केन्द्र सो क्षेत्र को बिबिध विषयका बारेमा जानकारी प्रदान गर्न महत्वपूर्ण हुने केन्द्रका उपाध्यक्ष चेत बहादुर महतले जानकारी दिए।

कमेन्टहरु
Loading...