फेवा विकास बैंकको २०.६ प्रतिशत बोनश शेयर तथा मर्जर प्रस्ताव पारित

पोखरा, १ माघ /फेवा विकास बैंक लिमिटेडको नवौ वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । बैंकका अध्यक्ष बिन्दुकुमार थापाको अध्यक्षतामा भएको साधारण सभाले संचित मुनाफावाट शेयरधनीहरुलाई चुक्तापूंजीको २०.६० प्रतिशत वोनश शेयर वितरण गर्ने विशेष प्रस्तावलाई पारित गरेको छ ।

साधारण सभाले फेवा विकास बैंक लिमिटेड तथा गण्डकी विकास बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने(मर्ज गर्ने) सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेकोछ । आ.ब. २०७३÷७४ को प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार दुवै संस्थाको कुल चूक्ता पूँजी रु १ अर्व ८४ करोड, पूँजीकोष २ अर्व ४७ करोड, कुल निक्षेप १७ अर्व ६८ करोड, कर्जा सापट १५ अर्व ४० करोड रहेको छ भने देशका विभिन्न स्थानमा कुल ५० वटा शाखा कार्यालयहरु रहेका छन् ।

सभाले बैंकको केन्द्रिय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृती लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने एवं मर्जर पश्चात कायम हुने चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

कमेन्टहरु
Loading...