गोपीलाई तेश्रो ओम फ्यामिली कप उपाधी

पोखरा, १ माघ /गोपीबहादुर भट्टराईले तेश्रो ओम फ्यामिली योगा टेनिस प्रतियोगिताको उपाधी जितेका छन् । ओम फ्यामिली ध्यान केन्द्रको आयोजनामा पोखराको लेकसाइडस्थित गुरुङ्ग भिलेज टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा चन्द्र लामालाई ६–२, ६–२ ले पराजित गर्दै भट्टराईले सो उपाधी आफ्नों नाम गराएका हुन् ।

माघे सक्रान्ति पर्वका अवसरमा आयोजित प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि योग परिषद् नेपालका पूर्वाध्यक्ष समेत रहेका मानव अधिकारकर्मी टेकनाथ बरालले ट्रफि सहित नगदले पुरस्कृत गरे । पुरस्कार वितरण गर्दै बरालले खेलाडीहरुले राम्रो खेल पस्किन मन शुद्ध पारेर खेल्नुपर्ने बताए । उत्कृष्ट बन्नका लागि आहार बिहारमा पनि ध्यान पु¥याउन उनले खेलाडीहरुलाई आग्रह गरे ।

अर्का विशेष अतिथि नेपाल प्रहरीका एआइजी राजेन्द्रसिंह भण्डारीले पर्यटकिय नगरि पोखराले खेलकुदका माध्यमबाट पनि पर्यटन विकास गर्न सक्ने बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले ओम फ्यामिलीले पोखरामा वर्षेनी टेनिस प्रतियोगिता आयोजना गरेर पोखरामा टेनिस खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताए । प्रतियोगिता आयोजक ओम फ्यामिलीका अध्यक्ष सुनिल श्रेष्ठले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे ।

साथै उनले आगामी वर्षमा प्रतियोगितालाई अझै परिस्कृत गर्दै लैजाने बताए । कास्की जिल्ला टेनिस संघका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगितामा हुम आलेले उदयमान खेलाडी तथा लोक गुरुङ्गले वेष्ट पर्फमरको उपाधी पाए ।
यसैविच प्रतियोगिताको उपाधी विजेता गोपीबहादुर भट्टराईले कास्की जिल्ला टेनिस संघद्धारा स्थापित खेलाडी भलाई अक्षय कोषमा २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । साथै उनले पुरस्करा वापत प्राप्त गरेको नगद पनि प्रतियोगिताका प्राविधिकहरुलाई सहयोग प्रदान गरे ।

कमेन्टहरु
Loading...