चौथोे इक्यान शैक्षिक मेला भव्यताका साथ सम्पन्न

पोखरा, २९ पुस /पोखरामा तीन दिन देखि जारी चौथोे इक्यान शैक्षिक मेला शुक्रबार सम्पन्न भएको छ । मेलामा विद्यार्थी र अभिभावकहरुको निकै उल्लेख्य सहभागिता रहेको आयोजकले दाबी गरेको छ । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा आयोजित मेलामा उत्साहजक सहभागिता रहेको इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले जानकारी दिए । उनले तीन दिने मेलामा अपेक्षा गरे अनुरुप कै सहभागीता रहेको बताए । उनले करिब २० हजार जनाले मेलाको अवलोकन गरेको बताए ।

उनले भने–‘परामर्शदाताहरुको लागि पनि यो मेला निकै फलदायी भयो ।’ मेलामा पोखरा र आसपासबाट विद्यार्थीहरुले राम्रो उपस्थिती रहेको बताए । ‘विद्यार्थीहरुमा परामर्श लिनुपर्छ भन्ने चासो बढेकाले मेला आएको पायौँ ।’ मेलाका संयोजक रमेश थापाले भने–‘उनीहरुको लागि मेला प्रभावकारी भयो ।’ विदेशमा शिक्षा लिन जाने विद्यार्थीहरु चासोका साथ मेलामा सहभागी भएका थिए । छन् ।

नेपाली विद्यार्थीलाई स्वेदशी एवं विदेशी शिक्षा प्रणाली तथा त्यसको भविश्यका विषयमा सूचना प्रवाह गर्न मेला निकै उपयोगी रहेको उनको भनाई छ । ‘स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका विद्यार्थी तथा अभिभावकलाई जानकारी दिएको बताए ।

मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाका लक्षित विद्यार्थी तथा अभिभावकलाई मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी छन् ।

नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा आयोजित मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर छन् । सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ भने पावड्बाइमा कुइन्सर्फोड कलेज रहेको छ । मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेसन कन्सल्टेन्सी, मिराई एजुकेसन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेसन कन्सल्टेन्सी, लेट्स एजुकेसन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेसन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेसन र एक्सल पोखरा एजुकेसन कन्सल्टेन्सी र ट्राभल्स पाट्र्नसमा इन्जोय नेपाल टुर एण्ड ट्राभल्स छन् । होटल पार्टनमा रानीवन अर्किड, आइटि पार्टनरमा बाराही इन्टरनेट टेक्नोलोजि प्रालि, अफिसियल बैंकमा प्रभु बैंक रहेका छन् । अफिसियल मिडिया समाधान राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, अन्नपूर्ण एफएम, गन्थन डटकम र जक्सन डटकम छन् ।

कमेन्टहरु
Loading...