पुरस्कार छनोट समिति गठन

पोखरा, २९ पुस/प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ प्रतिभा छनोट समिति गठन गरिएको छ । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले छनोट समिति गठन गरेको हो ।

समितिको सदस्यमा अग्रज पत्रकार बद्रीविनोद प्रतीक, प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष रुद्रबहादुर थापा, प्रेस चौतारीका केन्द्रीय सदस्य जमुना वर्षा शर्मालाई चयन गरिएको सचिव अर्जुन गिरीले जानकारी दिए ।

समितिमा प्रेस चौतारी कास्कीका अध्यक्ष बराल र सचिव गिरी पदेन सदस्य रहने व्यवस्था छ । प्रेस चौतारी कास्कीले प्रत्येक वर्ष एक जनालाई प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै आएको छ । पुरस्कारको राशि ११ हजार १ सय ११ दोसल्ला र सम्मान पत्र छ ।

बैठकले प्रेस चौतारीको स्थापना दिवस माघ २२ गते पुरस्कार वितरणका साथै शुभकामना आदानप्रदान गरी मनाउने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...