लेखनाथ र पोखराको विकासमा सम्झौता हुँदैन ः मुख्य सचिव

लेखनाथ, २९ पुस/नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले लेखनाथ र पोखरा क्षेत्रको विकासमा कुनै सभmौता नहुने जानकारी बताएका छन् । लेखनाथ १ भण्डारढीक स्थित जनप्रकाश वहुमुखी क्याम्पसको उद्घाटन गर्दै मुख्य सचिव सुवेददीले यस क्षेत्र आफू जन्मेको हुर्केैको ठाउँ भएकोले आफ्नो ठाउँवाट गर्ने काममा मुख्य प्राथमितामा राख्ने उद्घोष गरे ।

सोही कार्यक्रममा लेखनाथ नगरपालीका कार्यलयका पुर्व कार्यकारी अधिकृत जिवन ज्ञवली, महिलाहरुको तर्फवाट मन्देवी तमु, क्याम्पस व्यवस्थापन समितिका सदस्य जंग व गुरुङ्ग, जनप्रकाश उच्च माविका प्रअ शिवमणी भण्डारी, पब्लिक क्याम्पस संघ कास्कीका सचिव सुनिल मर्सानी, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी लगाएतले कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

करिव ३ करोड लागतमा वन्न लागेको जनप्रकाश वहुमुखी क्याम्पसको भवन हाल १ करोड ४८ लाख लागतमा पहिलो चरणको पहिलो तला सम्पन्न भएको हो । सोही कार्यक्रममा भवन निर्माणमा विशेष योगदान गरेकोले समाजसेवी हिरामणी सुवेदी, नेपाल आदर्श उच्चमा वीका प्रीन्सीपल कमल गुरुङ्ग र पुर्व व्यवस्थापन सममितीका अध्यक्ष माधव भण्डारीलाई सम्मान समेत गरीएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुतीहरु राखेका थिए । जनप्रकाश वहुमुखी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपप्राध्यापक अर्जुन ओझाले गरेका थिए ।

कमेन्टहरु
Loading...