पोखरा महोत्सव आज देखि, पूर्व सन्ध्यामा चिडियाखानाको झल्को दिदै कार ¥याली

पोखरा, २९ पुस /सातौ पोखरा महोत्सव आजबाट पोखरामा सुरु हुदैछ । महोत्सको बिहीबार पूर्व सन्ध्यामा कार ¥याली सम्पन्न भएको छ । महोत्सवको उद्देश्य अनुसार चिडियाखानाको झल्को दिने गरी बिभिन्न जंगली जीवजन्तुहरुको प्रतिमा बोकी पोखरा नगर परिक्रमा गरिएको थियो ।

कार ¥यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक वेद प्रकाश जोशीले युनाइटेड क्लव पोखरामा महोत्सवको आयोजना गरी आफुलाई छुट्टै पहिचान बनाउन सफल भएको वताए । आगामी दिनमा आफ्नो उद्देश्य प्राप्तीका लागी महोत्सवलाई भब्य र सभ्य वनाएर अगाडी वढ्न पनि जोशीले सुझाव दिए ।

महोत्सव स्थल पोखराको अमरसिंह चौरबाट शुरु भएको ¥याली, अमरसिंह चोक, रामबजार, रामबजार घलेचोक, इन्द्रचोक, पृथ्वीचोक, नागढुंगा, एयरपोर्ट, मुस्ताङचोक, राष्ट्रबैंक चोक, बैदाम, लेकसाइड, हल्लनचोक, जरेवर, जिरोकिलोमिटर, सिर्जनाचोक, सभागृह, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुदै महोत्सव स्थल अमरसिंह चौरमा पुगी समापन भएको कार ¥यालीका संयोजक सन्तोष कार्कीेले वताए ।

पोखरा महोत्सव आफ्नो निश्चित उद्देश्य प्राप्तिका लागी अगाडी वढिरहेका सम्पूर्ण जनमानसलाई युनाइटेड क्लवले के गर्दैछ भन्ने देखाउनका लागी कार ¥यालीमा चिडियाखाना झल्काउने गरी बजार परिक्रमा गरिएको कार्कीको भनाइ रहेको थियो ।

कमेन्टहरु
Loading...