प्रतिभामा अमेरिकी रोट¥याक्टर

पोखरा, २८ पुस/रोट¥याक्ट क्लब अफ न्युरोड पोखराको निमन्त्रणामा पोखरा आएका ७ अमेरिकी रोट¥याक्टरले बुधबार पालिखेचोकस्थित प्रतिभा माविको भ्रमण गरेका छन् । उक्त अवसरमा उनीहरु विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भए । प्रतिभा माविको आयोजना, रोट¥याक्ट क्लब अफ न्युरोड र रोटरी क्लब अफ पोखरा न्युरोडको सहआयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा रोट¥याक्ट क्लब अफ न्युजर्सीका रोट¥याक्टरले विद्यार्थीसँग अनुभव साटे । अमेरिकी विद्यार्थी म्यानियल रामिरोजले आफ्नो विद्यालयमा हुने गतिविधि, कक्षा कोठाको वातावरण, शिक्षण तरिकाका बारेमा बताएका थिए । रोट¥याक्ट क्लब अफ न्युराृड पोखराका अध्यक्ष सुजन रेग्मीले अमेरिकन विद्यार्थीको स्कुल भ्रमण कार्यक्रम निकै भव्य तथा सफल भएको बताए । उनले आगामी दिनमा पनि आफ्नो क्लबले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि गर्ने उल्लेग गरे ।

कार्यक्रम संयोजक जीवन लम्सालले अमेरिका र नेपालका विद्यार्थीबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । कार्यक्रममा विद्यालयका एकेडेमिक डिन विजय थापा र दश जोड दुई इन्चार्ज किरण सापकोटाले अमेरिकी विद्यार्थीलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उक्त अवसरमा प्रतिभा मावि र अमेरिकी रोट¥याक्टरबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता समेत भएको थियो ।

कमेन्टहरु
Loading...