पृथ्वीचोकमा खुल्यो सुविधासम्पन्न ‘सैलुन’, चार चर्चितले दाह्ी फालेर उद्घाटन

पोखरा, २८ पुस /चर्को आवाजमा भोजपुरी फिल्मका गीत । बलिउड फिल्मका हिरो–हिरोईनका तस्विर लहरैसँग टाँसिएका । सँगै केहि देवीदेवताका फोटोहरु । पान चपाउँदै, बजिरहेको चर्को आवाजका भोजपुरी गीतको शब्दसँग शब्द मिलाउँदै कैँची र ब्लेड चलाउने ‘नाईको सैलुन’मा कपाल काट्न जाने प्रचलन पछिल्लो समय फेरिएको छ ।

अझै पछिल्लो युवापुस्ता त झन् यस्ता सैलुनमा आफ्नो शैलीअनुसारको कपाल काट्न हच्किन्छन् । अघिल्लो पुस्ता भने अझै यस्तै सैलुनमा जान्छन् । तैपनि धेरैले आफ्नो रोजाईको कपाल काट्ने ठाऊँ अहिले फेरिसकेका छन् । आधुनिक, सफा र उत्कृष्ट सुविधा भएको सैलुन पछिल्लो पुस्ताको रोजाईमा पर्न थालेको छ ।

शहरको युवापुस्ताले आधुनिक र व्यवस्थित ‘सैलुन’मा आफ्नो हेयरस्टाईललाई विभिन्न शैलीमा ढाल्न थालेपछि पुरानै धर्रामा व्यवसाय चलाईरहेका नाईहरुले पनि आफ्नो व्यवसाय गर्ने शैली बदल्न थालेका छन् । सस्तो भन्दा पनि गुणस्तरमा ध्यान दिने पछिल्लो पुस्ताको रोजाई अनुसार सैलुनहरु खुल्न थालेका छन् ।

भारतमा जन्मिएर पोखरालाई २० वर्ष यता कर्मथलो बनाउँदै आएका प्रमोद ठाकुर पनि ‘सैलुन’ व्यवसायी हुन् । शुरुमा उनले अरुले खोलेको सैलुनमा कपाल काट्ने काम गरे । त्यसको १० वर्षपछि उनी आफैले पृथ्वीचोकको बिबि मार्केटभित्र ‘सैलुन’ खोले । ‘अघिल्लो १० वर्षसम्म मेरो सैलुनमा थुप्रैले कपाल र दाह«ी काटेका छन् । तर पछिल्लो समय मलाई धेरै रेगुलर ग्राहकले आधुनिक र व्यवस्थित सैलुन संचालन गर्नका लागि आग्रह गरिरहे ।’ र, ग्राहकले भनेको कुरा उनलाई पनि ठिक लाग्यो । किनभने अवस्था १० वर्ष अगाडिको जस्तो थिएन ।

ठाकुरले ग्राहकहरुको मागलाई मध्येनजर गर्दै नयाँ सैलुन खोले । पृथ्वीचोकको नेपाल बैंक अगाडि उनको ‘सैलुन’ खुलेको छ । विहिबारमात्रै उद्घाटन भएको नयाँ ‘सैलुन’लाई उनले आधुनिक र व्यवस्थित गराउन कुनै कसर बाँकी छाडेका छैनन् । ‘प्रमोद ह्याण्डसम पार्लर’ नाम दिएर संचालनमा ल्याएको ‘सैलुन’ले ग्राहकहरुलाई स्तरिय सुविधा दिनेमा संचालक प्रमोद ठाकुर विश्वस्त देखिए ।

गायक विनोद बाँनिया, संचारकर्मी संजोग बस्याल, चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिक र फेशन फोटोग्राफर संजय शाक्यले सँयुक्त रुपमा विहिबार ‘सैलुन’को उद्घाटन गरे । ‘यो सैलुनको सुविधा निकै उत्कृष्ट लाग्यो । व्यवसायलाई समयअनुसार परिवर्तन गर्दै लैजानुपर्छ भन्ने कुरामा यसका संचालक निकै अगाडि रहेको मैले पाएँ । एउटा कामदार बनेर आएका प्रमोदले व्यवसायी बनेर यहाँसम्म चालेको पाईलाले उनलाई सफलतातर्फ डो¥याईरहेको मैले पाएको छु ।’ बाँनियाले भने ।

त्यस्तै संचारकर्मी तथा बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले युवापुस्ताले प्रमोदको सैलुनमा आएर सम्बन्धित सुविधा प्राप्त गर्नुसँगै उनले देखाएको उद्यमशिलताको ज्ञान पनि आर्जन गर्न सक्ने बताए ।’ चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिक तथा फेशन फोटोग्राफर संजय शाक्यले ‘सैलुन’ युवापुस्ताले चाहेको जस्तै सुविधासम्पन्न भएको प्रतिक्रिया दिए ।

‘सैलुन’ कपाल, दाह«ी काट्नुका साथै कलर, स्ट्रेट, फेसियल, फेस ब्लिज लगाएतका सुविधाहरु उपलब्ध छन् । त्यस्तै ‘सैलुन’ले ग्राहकको सुविधालाई मध्येनजर गर्दै प्रत्येक कुर्चीकै अगाडि ‘वास बेशिन’ राखेको छ । ‘सैलुन’ले सरसफाईलाई पनि विशेष ध्यान दिएको छ । वातानुकुलित हलमा निकै उत्कृष्ट साजसज्जासहितको ‘सैलुन’मा ग्राहकले सुविधा लिन सक्ने यसका संचालकले बताएका छन् । १५ लाख रुपैयाँको लगानीमा संचालनमा आएको ‘सैलुन’मा चार जना ‘हेयर डिजाइनर’ रहेका छन् ।

कमेन्टहरु
Loading...