रेस्टुरेण्ट र होटलमा आगलागीको घटनाप्रति दुःख व्यक्त

पोखरा, २८ पुस /मंगलबार राती बाराहीचोकमा रहेको ट्राइस्टार रेस्टुरेन्ट र होटलमा अचानक आगलागी भएको घटना प्रति पोखरा पर्यटन परिषद्ले दुःख व्यक्त गरेको छ । करिब ३ करोड रुपैयाँको भौतिक क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको भन्दै आगलागीले होटल र रेस्टुरेन्टमा भएको क्षतिप्रति विज्ञप्ती जारी गरि गहिरो दुःख व्यक्त गरेको हो ।

पोखरा पर्यटन परिषद्का महासचिब रामु गौतमद्धारा जारी विज्ञप्तीमा महानगर बन्दै गरेको पोखराले आफुलाई सबैतिरबाट अब्बल बनाइराख्नुपर्न, जोखिम नियन्त्रण गर्नेगरि तत्काल तयारी थाल्न परिषद्ले माग गरेको छ । मंगलबार मध्यरातको आगलागी नियन्त्रणमा पोखरा उपमहानगरपालिका मातहत रहेका वारुणयन्त्रको क्षमता र अवस्थामाथि प्रश्न उठेको छ । रेस्टुरेन्टमा लागेको आगलागी नियन्त्रण गर्न २ वटा वारुणयन्त्र खबर पाएपछि पनि निकै ढिलागरि आगलागीस्थल आउनु, वारुणयन्त्रमा पानी फ्याक्ने क्षमता निकै कमजोर हुनु मुख्य समस्या देखियोको तत्काल समाधानका लागि नगरपालिका सगँ माग गरेको छ ।

त्यस्तै छोटो समयमै पानी सकिनु, खटिएका अग्नी नियन्त्रकमा प्राविधिक ज्ञान तथा प्राविधिक उपकरणहरुको कमीले गर्दा आगलागी नियन्त्रण गर्न झनै कठिनाई भएको हामीले अनुभव गरेका छौं । पोखरा विमानस्थलबाट ढिलागरि वारुणयन्त्र आएपछि बल्ल आगलागी नियन्त्रणमा आयो । महानगर उन्मुख पोखरामा एउटा रेस्टुरेन्टमा लागेको आगलागी नियन्त्रण गर्न भएभरको जनशक्ति र उपाय अबलम्बन गर्दा पनि घण्टौ समय लाग्नु आफैमा कमजोरी रहेको पुष्टि यो घटनाबाट सिक्केर तत्का काम थाल्न नगरपालिका सगँ माग गरेको छ ।

आगलागी जस्ता घटना जुनसुकै बेला जहाँपनि हुन सक्छन् । समयमै नियन्त्रण गर्न नसक्ने हो भने आगलागीले निकै नै ठुलो जनधनको क्षति पु¥याउँछ । त्यसैले अब सरकार वा स्थानीय प्रशासनले यस्तै घटनाबाट पाठ सिकेर आगामि दिनका लागि पुर्वतयारी गर्नुपर्ने विज्ञप्ती मार्फत माग गरेको छ । जनशक्ति र सामग्री भएर मात्र तयारी पुरा हुँदैन, ती सामग्री र जनशक्ति दक्ष र सक्षम तथा तयारी अवस्थामा छन् छैनन् भन्नेतिर पनि ध्यान दिनुपर्ने मंगलबार रातीको घटनाबाट बुझ्न सकिन्छ ।

कमेन्टहरु
Loading...