चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता

पोखरा, २७ पोखरा /नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीद्वारा आयोजित चौथोे ‘इक्यान शैक्षिक मेला–२०७३’ बुधबार सुरु भएको छ । पोखरा सभागृहमा सञ्चालित मेलाको क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अधिकारीले पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढिरहेको बताए । ‘सकेसम्म आफ्नै देशमा अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘विदेशमा गएर अध्ययन गरेपनि पछि आफ्नै देशमा फर्किएर सेवा गर्नुपर्छ ।’

इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले राज्यको नीति नियम भित्र रहेर इक्यान सदस्यहरुले परामर्श प्रदान गरिरहेको बताए । ‘विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी इक्यानले मेला आयोजना गरिरहेको छ,’ उनले भने, ‘राजधानी बाहिर पोखरामा आयोजित इक्यान मेला विद्यार्थी र अभिभाबकबीच लोकप्रिय बनेको छ ।’ इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा मेलाका संयोजक रमेश थापा र सचिव भुवन क्षेत्री लगायतले बोलेका थिए ।
नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा आयोजित मेलामा पहिलो दिनमा नै उत्साहजक सहभागिता रहेको अध्यक्ष तिवारीले जानकारी दिए ।

चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता
चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता

‘विद्यार्थी र अभिभावकको उपस्थितिबाट हामी उत्साही भएका छौं,’ उनले भने, ‘बिहीबार र शुक्रबार पनि उल्लेख्यमात्रामा अवलोकनकर्ताको भिड लाग्ने विश्वास लिएका छौं ।’ नेपाली विद्यार्थीलाई स्वेदशी एवं विदेशी शिक्षा प्रणाली तथा त्यसको भविश्यका विषयमा सूचना प्रवाह गर्न मेला निकै उपयोगी रहेको इक्यान कास्कीका अध्यक्ष तिवारीले बताए । ‘स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका लागि मेला प्रभावकारी बनेको छ,’ उनले भने ।

चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता
चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता

मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट लक्षित विद्यार्थी तथा अभिभावक सहभागी हुने क्रम सुरु भएको इक्यान कास्कीका सचिव भुवन क्षेत्रीले जानकारी दिए । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी भएको इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिए ।

सरकारबाट स्वीकृती प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिमप्राप्त परामर्श दाताहरुका ४५ वटा स्टल मेलामा राखिएको प्रचारप्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए । उच्च शिक्षाका लागि विदेशका विश्वविद्यालयमा अध्ययन गर्न रुची राख्ने विद्यार्थी र उनीहरुका अभिभावकका लागि परामर्श लिन मेला निकै प्रभावकारी हुने भएकाले इक्यानले सहभागी हुन आग्रह गरेको छ । करिब ३० हजार जना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको विश्वास छ ।

नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा आयोजित मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर छन् । सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ भने पावड्बाइमा कुइन्सर्फोड कलेज रहेको छ । मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेसन कन्सल्टेन्सी, मिराई एजुकेसन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेसन कन्सल्टेन्सी, लेट्स एजुकेसन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेसन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेसन र एक्सल पोखरा एजुकेसन कन्सल्टेन्सी र ट्राभल्स पाट्र्नसमा इन्जोय नेपाल टुर एण्ड ट्राभल्स छन् ।

चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता
चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता

होटल पार्टनमा रानीवन अर्किड, आइटि पार्टनरमा बाराही इन्टरनेट टेक्नोलोजि प्रालि, अफिसियल बैंकमा प्रभु बैंक रहेका छन् । अफिसियल मिडिया समाधान राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, अन्नपूर्ण एफएम, गन्थन डटकम र जक्सन डटकम छन् ।
मेला अवरोकन गरी लक्की ड्रमा भाग लिने मध्येबाट प्रत्येक दिन एकजनालाई स्मार्टफोन प्रदान गरिने सचिव क्षेत्रीले जानकारी दिए । ‘मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थी र उनका अभिभावक लक्की ड्रमार्फत दैनिक एक जनालाई स्मार्टफोनको व्यवस्था गरिएको हो,’ उनले भने ।

कमेन्टहरु
Loading...