विटिकपमा बुधबारदेखि प्रि.क्वाटरफाइनल शुरु

असार ४,पोखरा/बुद्धटोल युवा परिवारको आयोजनामा पोखराको टुंडिखेलमा जारि आठौ विटिकप अन्तर क्लव नकआउट फुटवल प्रतियागिता अन्तर्गत बुधबारदेखि प्रि क्वाटरफाइनलका खेलहरु शुरु हुने भएको छ । मंगलबार सम्पन्न खेलहरुमा जित हाँसिल गर्दै मर्दि एफसी, गार्डेन एफसी, दिप युनाइटेड, अम्मरसिंह ब्वाइज क्लव, लेकसाइड, विटि पहेंलो र रातोले प्रि क्वाटरफाइनलमा स्थान सुरक्षित पारे ।

मर्दि एफसीले धम्पुस एफसीलाई ३–१ ले पराजित गरेको थियो । सो खेलमा मर्दिका सन्तोष केसीले २ तथा सविन श्रेष्ठले १ गोल गरे । धम्पुसको तर्फबाट सजित गुरुङ्गले सान्त्वना गोल गरेका थिए । अर्को खेलमा गार्डेनले अम्मरदिपलाई ३–० ले पराजित ग¥यो । गार्डेनको जितमा दावाले २ तथा विनोदले १ गोल गरे । त्यसैगरि काजिपोखरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै दिप युनाइटेडले पनि प्रि क्वाटरफाइनल सुरक्षित पारेको हो ।

दिपको तर्फबाट नरेश केसीले २ तथा अजय विक र विक्रम थापाले एक एक गोल गरेका थिए । काजिपोखरीको तर्फबाट सम्पूर्ण गुरुङ्गले गोलको खाता खोलेका थिए । मंगलबारकै खेलमा अम्मरसिंंह ब्वाइज क्लवले युनाइटेड अम्मरसिंहमाथि २–० को नतिजा निकाल्यो । एविसिको तर्फबाट सुवास र भिमले गोल गरेका थिए । त्यसैगरि अफ्रिकन खेलाडी मैदान उतारेको लेकसाइडले भ्यालि स्पोर्टस् सीको चुनौती ४–२ ले पुरा ग¥यो । लेकसाइडको तर्फबाट अफ्रिकन खेलाडी दोजिकले २ तथा विष्णु केसीले २ गोल गरेका थिए । भ्यालिको तर्फबाट कुमार राना र विक्रम गुरुङ्गले समान एक एक गोल गरे ।

आयोजक विटिको रातो र पहेंलो दुवैले जित हाँसिल गरे । विटि पहेंलोले मैदान उतारको अफ्रिकन खेलाडी अब्दुल जिविल र उचिले एक एक गोल गरेपछि बिवाइसी बाटुलेचौर २–० ले पराजित हुन पुग्यो भने दिलिप मगर र डे«नको एक एक गोलको योगदानमा विटि रातोले बगर भाईलाई २–१ गोलले पराजित ग¥यो । बगर भाईको तर्फबाट स्यानु गुरुङ्गले गोल गरेका थिए ।

कमेन्टहरु
Loading...