पोखरामा ओम फ्यामिली योगा टेनिस सुरु

पोखरा, २६ पुस /आउँदै गरेको माघे सक्रान्ति पर्वको अवसरमा पोखरामा मंगलबारदेखि तेश्रो ओम फ्यामिली योगा कप टेनिस प्रतियोतिगा शुरु भएको छ । ओम फ्यामिली योग ध्यान केन्द्रको आयोजनामा लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा उक्त प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन दिन चन्द्र लामाले दिल गौतमलाई ६–२, ६–२ ले, सुरेश श्रेष्ठले हर्क गुरुङ्गलाई ६–०, ६–७ र ११–९ ले, लोक गुरुङ्गले डा. देवलाई ६–०,६–४ ले तथा नविन चालिसेले इनोज गुरुङ्गलाई ६–३, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा पुगे ।
यसअघि योग केन्द्रका सञ्चालक स्वामि सुनिल श्रेष्ठले प्रतियोतिगा निर्देशक नविन मगरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै श्रेष्ठले पोखरामा टेनिस खेलको संस्कृती जोगाउन तथा पोखरामा टेनिस खेलको माहौल बढाउनका लागि ध्यान केन्द्रले वर्षेनी यो प्रतियोतिगा सञ्चालन गर्दै आएको बताए । ध्यान केन्द्रले हरेक विहान ९ बजे हठा योगा, ११ बजे निःशुल्क मेडिटेशन तथा साँझ ५ बजे राज योगा सिकाउँदै आएको श्रेष्ठले सो अबसरमा जानकारी दिए । मेन्स सिंगलमा पाँचदिनसम्म चल्ने प्रतियोगिताको विजेता तथा उप–विजेता खेलाडीले नगद सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...