सानुबाबुलाई सहयोग जुटाउदै व्याण्ड

सागर राज तिमिल्सिना
पोखरा, ४ असार/विश्वमै साहसिक मानिएको रेडबुल एक्स–आल्पस (ह्(ब्ीएक्) को प्रतियोगितामा छानिएका नेपाली प्याराग्लाईडिङ पाईलट सानोबाबु सुनुवारलाई सहयोग गर्न ऊँ रक व्याण्डले अभियान शुरु गरेको छ । व्याण्डको आयोजनामा मंलगबाट गरेको कार्यक्रमबाट करिब ४ लाख संकलन गरेको छ । रकम संकलन कार्यक्रममा नेपाल हवाइ खेलकुद संघबाट १ लाख रुपैया सहयोग गरेको छ ।

नेपाल हवाइ खेलकुद संघका उपाध्याक्ष योगेश भटराईले १ लाख रुपैयाको चेक सानोबाबुलाई सहयोग गरे । त्यसै गरि व्लु स्काइ प्याराग्लाईडिङ कम्पनीले तर्फबाट २० हजार, विजिपि रेष्टुरेण्टको तर्फबाट १५ हजार, पारानोभा प्याराग्लाईडिङ कम्पनीबाट १० हजार र प्याराग्लाईडिङ कम्पनी र पाइलटहरुले करिब २ लाख सहयोग गरेका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले बोर्डको तर्फबाट सहयोग जुटाउने आस्वासन दिदै व्यक्तिगत रुपमा ५ हजार रुपैया सहयोग गरेका थिए । कार्यक्रममा ऊँ रक व्याण्डले गित संगित प्रस्तुती राखेका थिए । सानोबाबु सुनुवारलाइ प्रतियोगितामा भागलिन जानका लागि करिब १० लाख खर्च लाग्ने सुनुवारले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...