‘ईक्यान शैक्षिक मेला’को तयारी पुरा,आम्दानीबाट सरकारी विद्यालयलाई सहयोग गर्ने

पोखरा, २६ पुस /नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनमा पोखरामा हुने ‘ईक्यान शैक्षिक मेला –२०७३’ को तयारी पुरा भएको छ । तीन दिन सम्म पोखरा सभागृहमा सञ्चालन हुने मेलामा विदेशमा पढ्न जान चाहाने विद्यार्थीले परामर्श लिने छन् । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले जानकारी दिए । ‘मेलाको सम्पुर्ण तयारी पुरा भएको छ,’ तिवारीले भने, ‘सबै स्टलहरु निर्माण भइसकेका छन्, परार्मश दिनका लागि आवश्यक सामग्री आइसकेका छन् ।’

उनले मेलाबाट आम्दानी भई बचत भएको रकम मध्ये केहि रकम सरकारी विद्यालयलाई सहयोग गर्ने बताए । उनले विद्यालयको भौतिक पुर्वाधान निर्माण, लाइबेरी स्थापना, छात्रबृत्ति जुनमा उपयुक्त हुन्छ त्यसैमा सहयोग गर्ने बताए ।  मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिए ।

‘विद्यार्थीका लागि प्रभावकारी ढंगले परामर्श प्रदान गर्नेछौं,’ उनले भने, ‘एकै थलोबाट सबै प्रकारका विश्वविद्यालय र देशहरुको उच्च शिक्षाका बारेमा विद्यार्थी र अभिभावकलाई परामर्श प्रदान गरिनेछ ।’ सरकारबाट स्वीकृती प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुका ४५ वटा स्टल मेलामा राखिने प्रचारप्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए ।

उच्च शिक्षाका लागि विदेशका विश्वविद्यालयमा अध्ययन गर्न रुची राख्ने विद्यार्थी र उनीहरुका अभिभावकका लागि परामर्श लिन मेला निकै प्रभावकारी हुने आयोजकको दावी छ । करिब ३० हजार जना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको विश्वास छ । मेला अवलोकन गरि लक्की ड्रमा भाग लिने मध्येबाट प्रत्येक दिन एकजनालाई स्मार्टफोन प्रदान गर्ने इक्यान कास्कीका सचिब भुवन क्षेत्रीले जानकारी दिए । मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थी र उनका अभिभावक लक्की ड्रमार्फत दैनिक एक जनालाई स्मार्टफोन दिने व्यवस्था गरेको उनको भनाई छ । मेलामा सहभागी हुनका लागि कुनै शुल्क लाग्ने छैन ।

नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर रहेका छन् । त्यसै गरि सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ भने पावड्बाइमा कुइन्सर्फोड कलेज रहेको छ । मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेसन कन्सल्टेन्सी, मिराई एजुकेसन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेसन कन्सल्टेन्सी, लेट्स एजुकेसन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेसन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेसन र एक्सल पोखरा एजुकेसन कन्सल्टेन्सी र ट्राभल्स पाट्र्नसमा इन्जोय नेपाल टुर एण्ड ट्राभल्स छन् ।

त्यसै गरि होटल पार्टनमा रानीवन अर्किड, आइटि पार्टनरमा बाराही इन्टरनेट टेक्नोलोजि प्रालि, अफिसियल बैंकमा प्रभु बैंक रहेका छन् । यस्तै अफिसियल मिडिया समाधान राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, अन्नपुर्ण एफएम, गन्थन डटकम र जक्सन डटकम रहेका छन् । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार ५ सय भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । पोखरा र वरपर करिब २ सय वटा शैक्षिक परार्मश दातृसंस्थाहरु संचालनमा भए पनि शिक्षामन्त्रालयमा २७ वटाले मात्रै सेवा संचालनको मान्यता प्राप्त गरेका छन् ।

कमेन्टहरु
Loading...