सिमलचौरमा तेस्रो माघे संक्रान्ति महोत्सव

पोखरा, २६ पुस/पोखराको पुरानो व्यापारिक केन्द्रको रुपमा परिचित सिमलचौरलाई चिनाउने उद्देश्यले सिमलचौर तेस्रो माघे संक्रान्ति मेला हुने भएको छ। महोत्सव आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी महोत्सव दुई दिन सम्म सञ्चालन हुने जानकारी दिए । पुस २९ र माघ १ गते हुने महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रहरु समाबेस गरिने महोत्सवका संयोजक गणेश बहादुर अधिकारीले जानकारी दिए ।

जाल्पादेवी बहुउद्देश्यीय विकास समितिको आयोजनामा हुने माघे संक्रान्ति मेलामा खाइने खिचडी, तरुल, सखर, विभिन्न कन्दमुल, चाकु, खुदो, चिउरा, सेलरोटी, योमरी लगायतका परिकार लोकदोहोरी, पप, आधुनिक,, पञ्चेबाजा, गाइजात्रा र लाखे नाच लगाएतको आक्रर्षण रहने उनले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न गरिब ६ लाख ५० हजार खर्च लाग्ने र ८ लाख २५ हजार आम्दानी गर्ने लक्ष्य रहेको आयोजकको छ । बचत रकम सामाजिक तथा सांस्कृतिक कोषमा खर्च गरिने सचिवालय व्यवस्थापक तथा प्रचार प्रसार उपसमितिका संयोजक बोधराज ढकालले जानकारी दिए ।

स्वस्थानी कथामा उल्लेखित सत्यदेवीको अङ्ग पतन भइ उत्पत्ति भएकी जाल्पादेवीकोसमेत मन्दिर रहेको सिमलचारै धार्मिक तथा ऐतिहासिक रुपमा पनि महत्वपूर्ण रहेको आयोजकको दावी रहेको छ ।महोत्सव सृजना चोक देखि आलुमाइला चोक सम्म करिब ५ सय मिटरमा सञ्चालन हुनेछ ।

कमेन्टहरु
Loading...