डेनमार्क र नर्वेको भ्रमण सुचिमा एशियाका पहिलो देशमा नेपाल

पोखरा, २६ पुस/डेनमार्क र नर्वेमा लोकप्रिय पर्यटक म्यागजिनहरुले आफ्ना नागरिकलाई सन् २०१७ मा भ्रमण गर्नुपर्ने एशियाका पहिलो देशमा नेपाललाई सिफारिस गरेका छन्। डेनमार्कको झन्डै ५ दशक पुरानो टुरिष्ट बुक प्रकाशकहरुको संगठन ञलन्ली प्लानेटञ ले आफ्ना नागरिकलाई सिफारिस गरेको विश्वका टप टेन देशहरुमा नेपाल पाँचौं नम्बरमा रहेको छ।

पर्यटक प्रिय एशियाली देश नेपालसँगै अरू घुम्नुपर्ने देशको सूचीमा क्यानाडा, कोलम्बिया, फिनल्याण्ड र डोमिनिका छन्

। यसैगरी नर्वेमा महिलाहरु बीच बिशेष लोकप्रिय केके साप्ताहिक म्यागेजिनले सन् २०१७को विश्वका लोकप्रिय र मुल्यवान पर्यटक गन्तव्यमा क्यानाडा, दक्षिण अफ्रिका र पेरु पछि नेपाल भ्रमण गर्न सिफारिस गरेको छ।

झन्डै डेढ सय वर्ष अघिदेखि प्रकाशन गर्दै आएको विलासी प्रिय केके म्यागेजिनमा नर्वेकी प्रसिद्ध पर्यटक ब्लगर एलिसा रोतेरुदले खासगरी सुन्दर काठमान्डुको योगा स्कुल र सपिङ अनि एभरेष्ट बेस क्याम्प र मनोरम खुम्बु उपत्यकाको भ्रमणले जो कोहीलाई पनि लोभ्याउने दाबी गरेकी छिन।

कमेन्टहरु
Loading...