महिला उद्यमी संघ कास्कीको तेस्रो साधारण सभा

पोखरा, २६ पुस/महिला उद्यमी संघ नेपाल कास्कीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पोखरा उपमाहानगरपालिकाका सामाजिक शाखा अधिकृत ओमराज पौडेलले महिलाहरु अरु सगँ माग्ने होइन सहयोग गर्न सक्ने हुने पर्ने बताए । उनले त्यस्तो गरेमा राष्ट्रमा महिला उद्यमी बन्छन् त्यो राष्ट्र बास्तवमा समृद्व हुन्छ उनको भनाई छ।

राष्ट्रको आर्थिक समृद्विको लागि उधमी महिला उत्पादन गर्नुपर्छ भन्दै पोखरा उपमाहानगरपालिका यस संस्थाले गर्ने औचित्य पुर्ण कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्वता गर्दै थोरै लगानीबाट धेरै प्रतिफल लिनु पर्ने सुझाब दिए । कार्यक्रमका सभाअध्यक्ष तथा महिला उद्यमी संघका अध्यक्ष देबकी बरालले महिलाहरु सबै एक जुट भएर व्यवसाय सञ्चालनमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा घरेलु तथा साना उद्योगका अधिकृत महाराज ढकालले आर्थिक कमजोर भएका दिदिबैनीहरुलाइ आय आर्जनको लागी ८० प्रतिशत घरेलु तथा साना उधोगको र २० प्रतिशत आफनो लगानी योजना आएको बताउदै घरेलु उधोगले स्थानिय उत्पादन गर्न चाहानेलाई सहयोग गर्ने बताए ।

महिला उद्यमी संघ नेपाल कास्कीका सल्लाहाकार सिता गुरुङ्गले महिलाहरुले शिप सिक्ने आय आर्जन गर्ने र बचत पनी गर्ने बानी बसाली राष्ट्रलाइ दिने योगदानको लागी बैधानिकता प्राप्त गर्न समबन्धित सरोकार कार्यलयमा दर्ता गरी आफनो उधमशिलताको पहिचान आफैले गर्नुगर्ने कुरामा जोड दिए । कार्यक्रममा कुल देबी बराल , माया बराल लगायतले व्यवसायका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा महिला उद्यमी संघ नेपाल कास्कीका सचिब किरण गौतमले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् भने उपाध्यक्ष काशीमाया गुरुङ्ग स्वागत मनतब्य राखेकी थिइन् ।

कमेन्टहरु
Loading...