मंगलबार (भोली) शिक्षण संस्था बन्द

पोखरा, २५ पुस/विपलव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी विद्यार्थी सगठनले मंगलबार शैक्षिक आमहड्तालको घोषणा गरेको छ ।

सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई जना कार्यकर्ताको रिहाइको माग मगलबार शैक्षिक हड्ताको आयोजना गरेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा कास्की अध्यक्ष मिलन राईले जानकारी दिए ।

उनले लोकमान जस्तो भ्रष्टचारीलाई कालो मुसो दलेर कार्वाही गर्दा पक्राउ गरेको भन्दै छिटो भन्दा छिटो रिहाइको माग गरे । उनले मंगलबार नीजि तथा सरकारी सबै शैक्षिक संस्था बन्द गर्ने बनाए ।

केन्द्रिय कार्यक्रम अन्तरगत पोखराको पृथ्वीनारायण क्यामपस गेट अगाडि सोमबार विरोध सभाको समेत गरेको छ । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु चन्द्र बुढा र प्रकाश शाहीले अदालत भित्रै कार्कीमाथि कालोमोसो दले पछि प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्टहरु
Loading...