घारीपाटन आमा समूहद्धारा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २५ पुस /घारीपाटन आमा समूह, पोखरा ७ द्वारको आयोजनामा घारीपाटनस्थित तीनकुने पार्कमा मधुमेह, रक्तचाप, मुटु तथा बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेशनल बाथरोग सेन्टर, मुस्ताङचोकको प्राविधिक सहयोगमा संचालित उक्त शिविरमा ९१ जना महिला र २६ पुरुष गरी १ सय १७ जनाको स्वास्थ्य एवं रक्त परीक्षण गरिएको अरुणोदय युवा क्लबका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।

यसअघि महिला समन्वय समिति पोखरा ७ का अध्यक्ष एवं घारीपाटन आमा समूहका सल्लाहकार प्रभा पन्तले स्वास्थ्य शिविर उद्घाटन गर्दै सामाजिक संस्थाहरुलाई कत्र्तव्यसहितको नागरिक अधिकारका लागि लागिपर्न आह्वान गरिन् । कार्यक्रममा विशेष अतिथि एवं नेशनल बाथरोग सेन्टरका विशेषज्ञ डा. नरेन्द्रप्रसाद मैनालीले बाथरोगसम्बन्धी सहजीकरण गरेका थिए ।

घारीपाटन आमा समूहका अध्यक्ष पवित्रा जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठ र नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक कृष्णराज ढकालले आ आफ्नो मन्तव्य राखेका थिए । संस्थाका सचिव पूजा गिरीले कार्यक्रम संचालन गरेकी थिइन् ।

कमेन्टहरु
Loading...