दैलेख र बैतडीमा पहिरोमा पुरिएर १२ को मृत्यु

४ असार, दैलेख । अविरल बर्षापछि आएको पहिरोमा पुरिएर दैलेख र बैतडीमा १२ जनाको मृत्यु भएको छ । दैलेखको मालिका- ७ का ३० बर्षीय मोहन कुमालको घर पुरिँदा कुमाल सहित उनकी श्रीमती २७ बर्षीया तुलसा कुमाल, छोराहरू ११ वर्षीया गणेश कुमाल, ७ बर्षीया खगेन्द्र  कुमाल, ६ बर्षीया नगेन्द्र कुमाल तथा छोरीहरू ३ बर्षीया विष्णा कुमाल र २  बर्षीया सुन्तली कुमालको मृत्यु भएको  प्रहरीले जनाएको  छ । घटनास्थल सदरमुकामबाट टाढा पर्ने भएकाले उद्दारका  केही ढिलार्इ भएको प्रहरीले जनाएको छ ।

यस्तै दैलेखकै तल्लो डुंगेश्वरबजार नजिक रहेको लोहोरे खोलामा आएको  वाढीले खोला किनारमै रहेका बादी समूदायका २५ वटा घर बगाएको छ । यसैगरी सात तला-१ रामाघाट बजारमा रहेका ५ वटा घर रामाघाट खोलाले बगाएको प्रहरीले जनाएको छ । वर्षाकै कारण सडकमा पहिरो खसेपछि सुर्खेत-दैलेख सडकखण्ड तथा कर्णाली राजमार्ग अबरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो खसेकाले बाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैवीच राससका अनुसार बैतडीको सिद्धेश्वर-९ मा गएको पहिरोमा पुरिएर एकै घरका पाँचजनाको ज्यान गएको छ । अविरल वर्षापछि आएको गएराति आएको पहिरोले घर पुरिदा सिद्धेश्वर-९ का रामसिंह ऐरको परिवार पहिरोमा परेको हो । पहिरोमा परी २६ वर्षीया सीता ऐर, निजका एक वर्षीय नाबालक छोरा अर्जुन तथा तीन वर्षीया छोरी विन्देश्वरी, ३४ वर्षीया कलावती र उनका १२ वर्षीया छोरा परमेश्वर रहेको प्रहरीले जनाएको छ । पहिरोमा परेकाहरूको स्थानीय खोड्पे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनबाट गएको टोलीले उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख मनोज शाहीले बताउनुभयो ।

उहाँका अनुसार पहिरोमा परेको घरबाट चारजनाको लास प्रहरी र स्थानीय बासिन्दाले निकालिसकेका छन् भने १२ वर्षीया परमेश्वरको लास पुरिएकै अवस्थामा रहेको छ । भिरालो ठाउँमा रहेको घरको दुवैतर्फबाट राति पहिरो गएकाले मृतकहरूले उम्किने मौकासमेत नपाएको प्रहरीले जनाएको छ । सातजनाको ऐर परिवारमध्ये करन र उनका बुवा रामसिंह स्थानीय खोड्पे बजारमा व्यापार गरी बस्ने गरेका थिए । उनीहरू दुवै बाबुछोरा राति पसलमै बसेकाले बाँच्न सफल भएको प्रहरीले बताएको छ । पहिरोमा परी १० वटा, बाख्रा, एक राँगो र दुईवटा गाईसमेत पुरिएको प्रहरीले जनाएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/83306/#sthash.AfhK2prD.dpuf

कमेन्टहरु
Loading...