फेवातालको पानीमुनिकै जग्गाको लालपुर्जा

काठमाडौ, २४ पुस /पर्यटकीय नगरी पोखराको मुख्य आक्रषण फेवातालको अतिक्रमण घट्नुको साटो झन् बढिरहेको छ । तालको करिब १७ सय रोपनी जमिन अतिक्रमणमा परेको सरकारले गठन गरेको समितिको प्रतिबेदनमा छ । आजको कान्तिपुर दैनिकमा खरब छ ।

केहि समयअघि सरकारद्धारा गठित छानविन समितिको अध्ययनले यति धेरै जग्गा मिचिएको देखाएको थियो । व्यक्तिले पानीमुनिको जग्गा समेत आफ्नो नाममा दर्ता गराएको औंल्याउँदै समितिले उक्त जग्गा तालको नाममा फिर्ता ल्याउन सुझाए पनि कार्यान्वयन भएको छैन ।

‘२०३४ सालको नापी हेर्दा अहिले एक हजारभन्दा बढी व्यक्तिले फवपातालको जग्गा आफ्नो नाममा दर्ता गरेको देखिन्छ ।’ समिति संयोजक विश्वप्रकाश लामिछानेले भने ‘नापी कर्मचारीबाटै अवैध दर्ता गरिएको पाइएको छ ।

कमेन्टहरु
Loading...