छोरीको जन्मदिनमा वृद्धवृद्धालाई सहयोग

पोखरा, ४ असार ः तपाईं आफ्ना छोराछोरीको जन्म दिन कसरी मनाउनुहुन्छ ? केक काटेर, साथीभाइ र आफन्तलाई घरमा बोलाएर पार्टी दिएर अथवा रेस्टुरेन्टमा फजुल खर्च गरेर ? यी गतिविधिलाई बेवास्ता गर्दै पोखराका एक पत्रकारले छोरीको जन्मदिन वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाद्यान्न दान गरेर मनाएका छन् । एबीसी टेलिभिजनका पश्चिमाञ्चल ब्यूरो प्रमुख एमबी आस्था मगरले छोरी इशु मगरको प्रथम जन्मोत्सव पोखरा १८ बाच्छेबुडुवास्थित बात्सायन बृद्धाश्रममा रहेका वृद्धवृद्धासंगै मनाए ।

सन्तान भए पनि उनीहरुको माया पाउन नसकेर वृद्धाश्रमको भर परेर बसेका वृद्धवृद्धा निकै खुसी भए नयाँ खालको सहयोग पाएर । भन्दैथिए, हामीले पनि यस्तै बाबुनानी हुर्कायौं, बढायौं, पढायौं, अहिले उनीहरु कमाउने भए हामी भने बेसहारा भयौं । जेस्तो भए पनि बाबुआमालाई माया गर्न सिक्नको लागि उनीहरुले आग्रह गरे । दुई वर्षअघिदेखि संचालनमा आएको वृद्धाश्रममा अहिले विभिन्न स्थानका ११ जना वृद्धवृद्धाले आश्रय लिँदै आएका छन् ।

न्मदिन मनाउने क्रियाकलापलाई कुनै होटलमा गएर नभइ सामाजिक सेवा पनि गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले आफ्नो छोरीको जन्मदिन बृद्धाश्रममा मनाएको पत्रकार आस्थाले बताए । उनले भने हामीले आजकल जन्मदिन मनाउने वहानामा विभिन्न होटल तथा रेष्टुरेण्टमा गएर पैसा उडाउने गर्छौ त्यो भन्दा कुनैपनि सामाजिक क्रियाकलापमा हात हाल्नुपर्छ भन्ने मान्यताका साथ मैले मेरो छोरीको पहिलो जन्मदिन बृद्धाश्रममा मनाएको हु । छोरी ठूलो भएपछि सामाजिक क्रियाकलापमा सरिक गराउनका लागि प्रेरित गराउने विश्वास उनले ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै अन्नपूर्ण पोष्टका पश्चिमाञ्चल ब्युरो प्रमुख भरत कोइरालाले सिमित आम्दानी भएका पत्रकारहरुले सामाजिक सेवाको लागि अग्रसर हुनु उदाहरणीय भएको भन्दै अन्य ब्यक्तिहरुले समेत यसको अनुकरण गर्नुपर्नेमा जोड दिए । संचारमाध्यमले वृद्धाश्रमको बारेमा प्रचारप्रसार गरेमा थप सहयोग जुट्न सक्ने बताए । वृद्धाश्रमका कार्यवाहक अध्यक्ष बोधराज कार्कीेले पोखरामा रहेका अन्य सिमित श्रोतका वापजुद वृद्धाश्रम चलाउँदै आएको भन्दै सहयोगी मनहरुकै कारण दान बढ्न थालेको बताए । उनले भने, आएको दानले बुबाआमालाई खुवाउनुको साथै बचेको रकम भौतिक पूर्वाधारमा लगाउने गरेका छौं ।
जन्मदिनको अवसरमा आस्थाले विभिन्न खाद्यान्न सामग्रीहरु चामल, दाल, चिनी, तेल, बिस्कुट, मसmाका साथै पूजाका सामग्रीहरु प्रदान गरेका थिए । उनले नगद दुई हजार पाँच सय रुपैयाँ समेत प्रदान गर्ने प्रतिबद्धता जनाए ।

 

कमेन्टहरु
Loading...