पोखरामा ३२ औं साताको बृहत सफाइ अभियान सम्पन्न

पोखरा २३ पुस पोखरामा ३२ औं साताको बृहत सफाइ अभियान उल्लेख्य सहभागितासहित सम्पन्न भएको शहीद चोकदेखि मुस्ताङचोक हुँदै घारीपाटनसम्म फोहोरमैला संकलन गरिएको थियो

 

उक्त अभियानमा महिला समन्वय समिति पोखरा , घारीपाटन आमा समूह, शिशुनिकेतन मावि बिरौटा, सवलाइन मावि रत्नचोक, जनप्रिय मावि सिमलचौर, पार्दी मावि पार्दी, मासबार आमा समूह, महिला विकासका लागि आमा समूह, महिला क्लब पोखरा, टोल विकास संस्था वडा समन्वय समिति , अरुणोदय युवा क्लब, पोखरा पिस क्लब, समाजसेवा युवा क्लब, अभियान युवा क्लब जिरो किमी, मुक्तिनाथ विकास बैंक, वडा प्रहरी कार्यालय बैदाम, उपमहानगरपालिका सरसफाइ शाखा, वडा बाल मञ्च पोखरा , ज्येष्ठ नागरिक मञ्च पोखरा , वडा नम्बर का स्थानीयबासीलगायत सामाजिक अभियन्ताको उल्लेख्य सहभागिता रहेको अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए

 

सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले राष्ट्रियगान प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहभागीलाई जिल्ला प्रहरी कार्यालय प्रहरी नायव महानिरीक्षक कास्कीका कमलसिंह बमले सपथ ग्रहण गराएका थिए ।जिल्ला विकास समितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा वातावरणीय सुन्दर प्रालि पोखराका प्रबन्ध सञ्चालक सन्तोष पौडेलले सफाइ अभियानका लागि पाँच सय जोर ग्लोब मास्क, मुक्तिनाथ विकास बैंकका शाखा प्रमुख बाबुराम ढकालबाट पनि ग्लोब मास्क हन्तान्तरण गरिएको कार्यक्रममा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बलराम ढकाललले धन्यवाद ज्ञापन गरेका थिए

कमेन्टहरु
Loading...