पोखरामा सोलार कार देखि जलकुम्भी निकाल्ने मेसिन सम्म इन्जिनियरिङ प्रदर्शनीमा

पोखरा, २२ पुस /सूचना तथा प्रविधिको विकासका माध्यमबाट उद्योग तथा व्यापारको क्षेत्रमा आधुनीक एवम् वैज्ञानिकीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले पोखरामा तेस्रो इन्जिनियरिङ प्रर्दशनी सुरु भएको छ ।

प्रर्दशनीमा प्रविधिको अधिकतम उपयोगबाट विश्वव्यापी सूचना तथा प्रविधि, भौतिक आधारशीलाको विकास साथै वस्तु तथा सेवाको उत्पादनमा मितव्ययिता र उद्योग तथा व्यापारमा आधुनिकीकरण गरी समाजको परिवर्तन गर्न सकिने नमुना प्रस्तुत गर्नका लागि प्रदर्शनी आयोजना गरिएको क्याम्पस प्रमुख नारायण गौतमले जानकारी दिए ।

विद्यार्थीद्वारा निर्मित सोलारका कार, जलकुम्भी झार निकाल्ने उपकरण, धान काट्ने मेसिन लगायतका प्रदर्शनीमा इन्जिनियरिङ विषयका करिब ५० वटा प्रर्दशनीमा राखिएको उनले बताए । प्रदर्शनीले काम गर्ने विधि र यन्त्रलाई उत्पादकत्व वृद्धि गर्दै लागत घटाउन सकिन्छ भन्ने कुरालाई सर्वसाधारणसमक्ष पु¥याउन सकिने विश्वास छ । क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुले निर्माण गरको सामग्री प्रर्दशनीमा राख्ने मेला राखीएको छ ।

जलकुम्भी निकाल्ने मेसिन
जलकुम्भी निकाल्ने मेसिन
कमेन्टहरु
Loading...