स्वबियु निर्बाचनमा समाजबादी र नयाँ शक्ति विद्यार्थी युनियन सँयुक्त रुपमा अगाडि बढ्ने

पोखरा २२, पुस / त्रिभुवन विश्वबिद्यालायको ४२ औं सभाले स्वबियु निर्बाचनको मिति आगामी फागुनको १४ गते तय गरे पश्चात् समाजबादी विद्यार्थी युनियन जिल्ला समिती कास्की र नया शक्ति विद्यार्थी युनियन कास्की सँयुक्त रुपमा अगाडि बढ्ने भएको छ ।
पृथ्वीनारायण क्याम्पसमा आज बिहान बसेको दुई पक्षिय बैठकले स्वबियु निर्बाचनमा सँयुक्त रुपमा अघि बढ्ने निर्णय गरेको हो । आठ बर्ष पश्चात् हुन लागेको स्वबियु निर्बाचनमा सँयुक्त रुपमा अगाडि बढ्नुको कारणहरु प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

समाजबादी विद्यार्थी फोरमका केन्द्रीय सचिबालय सदस्य विशाल गुरुङ र नया शक्ति विद्यार्थी युनियनका केन्द्रिय सचिबालय सदस्य सुमन आचार्यको हस्ताक्षरित सँयुक्त प्रेस बिज्ञप्तीमा २८ बर्षे उमेरको हद सहितको स्वबियु निर्बाचनको स्वागत गर्दै स्वच्छ एबम पारदर्शी रुपमा सम्पन्न गर्न सम्पुर्ण विद्यार्थी सँगठनलाई सँयुक्त प्रेस बिज्ञप्ती मार्फत आह्वान गरेको छ ।

लामो समयको अन्तरालपछी हुन लागेको निर्बाचनमा सँघीय लोकतान्त्रिक गणतन्त्रका परिबर्तनकारी सम्पुर्ण स्वतन्त्र विद्यार्थीहरुलाई सबै सँगठन सँग एकता र सहकार्य गर्न अपिल गरेको छ । साथै कास्की जिल्लामा पर्ने सम्पुर्ण क्याम्पसहरुमा समाजबादी विद्यार्थी फोरम र नया शक्ति विद्यार्थी युनियन एकताबद्ध तथा उत्साह पुर्बक निर्बाचनमा अघि बढ्ने दुबै सँगठनले बिज्ञप्ती मार्फत प्रतिबद्धता समेत ब्यक्त्त गरेको छ ।

स्वबियु निर्बाचन र सँयुक्त विद्यार्थी आन्दोलन सन्चालन गर्न एक कार्यदल निर्माण गरि कार्यदलले तय गरे अनुरुप सँयुक्त कार्यक्रम अगाडि बढाउने दुई पक्षीय हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...