सिधा बस नचल्दा हेम्जाबासीलाई पोखरा नगरपालिका आउदा हैरानी

भीम थापा
पोखरा,२१ पुस/पोखरा उप—महानगरपालिका भित्र चल्ने नगर बस र पृथ्वी राजमार्ग बस संचालक समितिको विवादका कारण हेम्जाबासीहरुले निकै सास्ती भोग्नु परेको गुनासो गरेका छन् । साविकको हेमजा गाविस पोखरा उपमहानगरपालिकाका गाभिए संगै नगरबासी बनेका हेम्जाका बासीन्दाले पोखराउपमहानगर पालिका काम गर्न आउदा अप्ठेरोमा परेका छन् ।

पोखराबाट हेमजा हुदै फेदिखोला र फेदिखोला देखी हेमजा हुदै पोखराका विभिन्न स्थानहरु सम्म सिधा यातायातको सुविधा नहुँदा पटक पटक बसहरु फेर्नु पर्ने र भाडा बढि तिर्नु पर्ने बाध्यतामा आफुहरु परेको हेम्जा मिलन चोकका कृष्ण पौडेलले गुनासो गरे । यातायात व्यवसायीहरुले भने सेवा संचालन हुन नसक्नुमा एक अर्काको दोष रहेको भन्दै आपसमा दोषारोपण गरेका छन् ।

पोखरा बस व्यावसायी समितिका देउप्रसाद गुरुङले फेदिखोला सम्मको सिधा यातायात संचालनमा पृथ्वीराजमार्ग बससंचालक समितिले अवरोध सृजना गरेको आरोप लगाए । फेदिखोला पनि विस्तारीत पोखरा उपमहानगरपालिका भएकाले नगरपालिका भित्र नगर बस गुडाउनु पाउनु आफ्नो अधिकार भएको उनले उल्लेख गरे । तर पृथ्वी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले भने यसका विषयमा थप छलफल आवाश्यक रहेकाले पोखरा बस, पृथ्वी बस र हेमजाबासी तिनै पक्षको हितमा निर्णय गरिनु पर्ने बताए । अहिले घट्टेखोला देखी हरिचोक सम्मको करिब १५ कि.मी को दुरीमा पृथ्वीका बसहरुले सेवा दिईरहेको बताए ।

त्यसै गरि यातायात व्यवस्था कार्यालय गण्डकीले भने आपसी समझदारीमा सेवा संचालन गर्न सुझाएको बताएको छ । यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख तिलक पौडेल सामान्यतया यो विषय आफुहरुको क्षेत्राधिकारमा नपर्ने बताए । तर हेमजाबासीले भने आफुहरुका माग सुनुवाई नभए पुरै राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । पटक पटक सिडियो कार्यालय डिलिगेसन समेत पुगे पनि सम्बन्धित निकाय मौन बसे कडा कदम चाल्न बाध्य हुने नेकपा एमाले हेमजा २७ का सचिव घनश्याम तिमिल्सिनाले बताए । यो विषयमा यातायात व्यावसायीहरुसंग आवाश्यक छलफल भैरहेकाले समस्याको समाधान खोज्ने प्रयास भैरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

कमेन्टहरु
Loading...