बेगनासमा फागुन दोस्रो साता माछा महोत्सव

पोखरा, २१ पुस/लेखनाथ नगरपालिकाको बेगनासताल किनारमा रहेको मन्दरे पार्कमा फागुनको दोस्रो हप्ता तेस्रो बेगनास माछा महोत्सव हुने भएको छ। ‘वेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव फागुन १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने महोत्सवमा त्यस ठाउँमा रहेका दिपाङ, वेगनास र रुपातालमा पाइने २३ थरिका माछाका परिकारमा पर्यटकहरु रमाउन पाउने एसोसिएसनका अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए।

यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको थापाले बताए ।

महोत्सवमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड, माछा तथा खानाका कष, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम रहने उनले जानकारी दिए । उनले सबै जातका जीवित माछाको प्रदर्शनी समेत गरिने बताए ।

कमेन्टहरु
Loading...