संशोधनको विरोधमा विपक्षी ९ दलले काठमाडौंमा एक लाख मानिस उतार्ने

काठमाडौं, पुस १९।संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमाले सहितका दलले पुस २२ गते काठमाडौंमा हुने जनप्रर्दशनमा एक लाख मानिस उतार्ने तयारी गरेका छन् । संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरीत भएको भन्दै विपक्षी दलहरुले संसददेखि सडकसम्म आन्दोलन गर्दै आएका छन् । दबाब बाटै संशोधन प्रस्ताव फिर्ता गराउने अडान राख्दै आएका विपक्षी दलले  २२ गते खुला मञ्चमा हुने कार्यक्रमलाई शक्ति प्रर्दशनका रुपमा प्रस्तुत गर्ने भएका छन् ।

विपक्षी ९ दलले काठमाडौंमा एक लाख मानिस उतार्ने

नेकपा मालेका सांसद अइन्द्र सुन्दर नेम्बाङका अनुसार एक जना सांसद बराबर पार्टीले पाँच सय जना कार्यकर्ता उपस्थिति गराउनुपर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए । विपक्षी नौ दलमा आबद्ध दुई सय एक सांसद भएकाले शक्ति प्रदर्शनमा कम्तिमा पनि एक लाख मानिस उपस्थिति हुने आन्दोलनरत दलको दाबी छ ।संसदको दोस्रो ठूलो दल एमालेसँग एक सय ८२ सांसद रहेको उसले मात्र ९१ हजार मानिस ल्याउनुपर्नेछ । जसका लागि एमालेले मातहतका सबै कमिटीलाई तयारी तीव्र पार्न कडा निर्देशन जारी गरेको छ ।शक्ति प्रदर्शनलाई व्यवस्थित बनाउन पाँच सय जना स्वयम् सेवक  परिचालन गरिने आयोजकले जनाएका    छन् ।

खुला मञ्चमा हुने विरोधसभामा काठमाडौंका ३२ स्थनबाट जुलुस निस्कनेछ । विपक्षी मोर्चामा एमाले र माले सहित नेमकिपा, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाः पार्टी नेपाल लगायतका दल आबद्ध छन् । विपक्षी दलको शक्ति प्रदर्शनकै कारण आज​ बोलाइएको संसद बैठक २४ गतेसम्मका सारिएको छ । आज​ बिहान शीर्ष नेतासहित बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले बैठक पाँच दिन सार्न प्रस्ताव गरेका थिए ।

कमेन्टहरु
Loading...