बसको ठक्करबाट महिलाको मृत्यु

जीवन सुवेदी / पोखरा १८ पौष
पोखराको न्यूरोडमा केहिबेर अघि माईक्रोबसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
चिप्लेढुंगाबाट न्यूरोड तर्फ जाँदै गरेको ग १ ख ३७५२ नंबरको माईक्रो बसको ठक्करबाट न्यूरोड बस्ने अन्दाजी ४५ वर्षिया रुविना गुरुङको ज्यान गएको हो । न्यूरोडको गण्डकी विकास बैँक साखातर्फ जानका लागि बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । घटनाबारे आवस्यक अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...