पोखरा, १७ पुस /लेखनाथ नगरपालिका वडा नम्बर १६ भरत पोखरीस्थित तिक्लाङ खानेपानी आयोजनाको आइतबार उद्घाटन भएको छ । ब्यबस्थापिका संसद विकास समितिका सभापति रबिन्द्र अधिकारीले आयोजनाको उद्घाटन गरे । अधिकारीले विकास समितिले गरेका अधिकांस काम प्रभाबकारी भएको भन्दै अबको राजनीति विकासका लागि हुनुपर्ने बताए ।
आफ्नो निर्बाचन क्षेत्रमा बिनियोजित बजेट को तेब्बर बढि रकम बराबरको काम जनसभागितामा हुने गरेको भन्दै उपभोक्ता समितिलाइ धन्यवाद ब्यक्त गरे । कार्यक्रममा एमाले कास्कीका सचिबालय सदस्य युबराज पौडेल , क्षेत्र न ३ कास्किका अध्यक्ष धन बहादुर नेपाली ,सचिबालय सदस्य शिव प्रसाद आचार्य ,प्रेस चौतारिका केन्द्रीय सदस्य श्याम कुबर लगायतले मन्तब्य ब्यक्त गरेका थिए। सो क्षेत्रमा एक घर एक धारा अभियान अन्तर्गत उक्त आयोजना निर्माण सम्पन्न भयको बताइएको छ।
आयोजनाबाट १ सय २० घर धुरिका जनताहरु प्रत्यक्ष लाभान्बित भयका छन। आयोजना निर्माण समितिका अध्यक्ष मेघनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सम्योजक गोप बहादुर बानिया र सन्चालन राम बहादुर बानियाले गरेका थिए।