एक दिवसीय वर्डप्रेस मिटअप पोखरामा

पोखरा, १६ पुस /वर्डप्रेस पोखरा नेपालको आयोजनामा एक दिवसीय ‘वर्डप्रेस मिटअप’ शनिबार पोखरा इन्जिनियरिङ्ग क्याम्पसमा सम्पन्न भएको छ ।

सो मिटअपमा वेन सोलुसनका राकेश लावाजु, राजनमणी पौडेल, वेन थिम्सका निलाम्बर शर्मा र ड्रिम्स आइटी सोलुसनका सुरेश सापकोटाले वर्डप्रेसका विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।

मिटअपमा विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थी, वेव डिजाइनर तथा वेव डेभलपरहरुको बृहत सहभागिता रहेको थियो । वर्डप्रेस काठमाण्डौंको विशेष सहयोगमा सम्पन्न भएको सो मिटअपमा वर्डक्याम काठमाण्डौंका यामबहादुर क्षत्रि र वर्डप्रेस पोखराका महादेव सुवेदीले वर्डप्रेसको महत्वका बारेमा बोलेका थिए ।

मिटअपको संचालन वेवपेज नेपालका संचालक एवं कार्यक्रमका संयोजक प्रितमबहादुर सेनले गरेका थिए ।

कमेन्टहरु
Loading...