बाबा साहित्य साधक छनौट समिति गठन

पोखरा, १६ पुस / बाबा साहित्य साधक सम्मानका लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।  सङ्घर्षम कलम पोखराद्वारा वितरित पुरस्कारका लागि असफल गौतमको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरिएको छ ।

समितिमा सागर शाह, संस्थाका अध्यक्ष कृष्ण सारथी, सचिव ओमकार लामिछाने र कोषकार दुर्गाबहादुर शाह बाबा पदेन सदस्य छन् । पश्चिमाञ्चल क्षेत्रमा क्रियाशील स्रष्टालाई वितरण गरिने पुरस्कारको राशि पाँच हजार पाँच सय ५५, ताम्रपत्र र दोसल्ला रहेको छ ।

यसैबीच सङ्घर्षम कलम पोखराको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन तथा जिम्मेवारी बाडफाँड शनिबार सम्पन्न भएको छ । अधिवेशनद्वारा कृष्ण सारथीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो ।

समितिको उपाध्यक्षमा पूर्ण नेपाली, सचिवमा ओमकार लामिछाने, कोषाध्यक्षमा गोविन्द रोका, सदस्यमा सविना रानाभाट, मदन बुढा र अनु बराल रहेका छन् ।

कमेन्टहरु
Loading...