पोखरा उपत्यका बृहत सफाइ अभियानमा ७ टन फोहोर संकलन

पोखरा, १६ पुस/पोखरामा जारी ३१ औं साताको बृहत सफाइ अभियान उल्लेख्य सहभागितासहित सम्पन्न भएको छ । फेवामार्गसँगैको बुलौंदीखोलादेखि रत्नपुरी चौतारीलाइनसम्म झण्डै ३ किमी दुरीमा करिब ७ टन फोहोरमैला संकलन गरिएको वडा नागरिक मंच पोखरा ७ का संयोजक राममोहन आचार्यले जानकारी दिए ।

अभियानमा महिला समन्वय समिति पोखरा ६, अभियान क्लब महिला उपसमिति पोखरा ५, घारीपाटन आमा समूह, मासबार आमा समूह, महिला विकासका लागि आमा समूह, महिला क्लब पोखरा, टोल विकास संस्था वडा समन्वय समिति ७, अरुणोदय युवा क्लब, पोखरा पिस क्लब, समाजसेवा युवा क्लब, अभियान युवा क्लब जिरो किमी, डिज्नील्याण्ड एकेडेमी, मदरल्याण्ड मावि, मुक्तिनाथ विकास बैंक, वडा प्रहरी कार्यालय बैदाम, उपमहानगरपालिका सरसफाइ शाखा, वडा बाल मंच पोखरा ७, ज्येष्ठ नागरिक मंच पोखरा ७, वडा नम्बर ७ का स्थानीयबासी लगायत सामाजिक अभियन्ताको उल्लेख्य सहभागिता रहेको स्थानीय अभियन्ता अंकीत बरालले बताए ।

यसअघि कार्यक्रममा सहभागीलाई वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक मोहनमणि अधिकारीले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा वातावरणीय सुन्दर प्रालि पोखराका प्रबन्ध संचालक सन्तोष पौडेल, सफाइ अभियानका लागि ५ सय जोर ग्लोब र मास्क हन्तान्तरण गरेका थिए । कार्यक्रमको अन्त्यमा महिला समन्वय समिति पोखरा ७ की उपाध्यक्ष मेनका बरालले धन्यवाद ज्ञापन गरेकी थिइन् । आगामी २३ औं साताको सफाइ अभियान सहिदचोकबाट सुरु हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...