एम्नेष्टि इन्टरनेशनल समुह ८२ को १७ आँै साधारण सभा

पोखरा, १ असार/एम्नेष्टि इन्टरनेशनल समुह ८२ को १७ आँै साधारण सभा तथा अधिवेशनले मुक्ति प्रसाद ढकाल संयोजक रहेको नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको सह संयोजकमा टंक बराल, सचिवमा हेमराज आर्चाय सह–सचिवमा ज्योति थापा कोषाध्यक्षमा दिलिप पन्त तथा सदस्यहरुमा लालिमाया रेग्मी, मन्दरा ढकाल, सविता र्पौडेल र कमल सापकोटालाई चयन गरीएको छ ।

समुहका पुर्व संयोजक विशेश्वर पराजुली निर्वाचन संयोजक रहेको समितिले नयाँ समितिलाई पदस्थापना गराएको थियो । त्यस अवसरमा एम्नेष्टि इन्टरनेशनलका कार्यवाहक महासचिव डिक प्रसाद घिमिरेले नयाँ समितिले मानवअधिकारको क्षेत्रमा महत्वर्पुण काम गर्ने बताए । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीले मानवअधिकार र नागरीक अधिकारको विषयलाई विद्यालय तहसम्म पू¥याउन सके मानवअधिकार हननका घटनामा कमि आउने र दण्डहिनता अन्त्य गर्न सघाउ पुग्ने बताए । समुहका निर्वतमान संयोजक देवमणि भण्डारी र नव निर्वाचित संयोजक ढकालले समुहले गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए ।

यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पुनरावेदन अदालत पोखराका न्यायाधीश डिल्लीराज आर्चायले अहिले नेपालमा दण्डहिनता र भष्टाचारको विषयले धेरै चर्चा पाएको बताउदै मानवअधिकारको संरक्षण र सर्वद्धनमा ध्यान दिनुपर्ने खाचो औल्याए । उनले नेपालमा रहेर विभिन्न जिम्मेवारी समालेका मानिहरु मध्य मानअधिकार उल्घन गरेकाहरुले विदेशमा जाँदा सोच्नु पर्ने बेला आएको भन्दै शिक्षण संस्थामा पनि मानवअधिकारको कुरा सिकाउनुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...