पोखरा, १५ पुस/‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोशियसन पोखराले आयोजना गरेको प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा काजी पोखरीलाई टाई व्रेकरमा ३–२ ले पराजित गर्दै नेपाली सेना पश्चिम पृतनाले उपाधि जितेको हो ।
उपाधी संगै नेपाली सेनाले नगद १ लाख २५ हजार ५ सय ५५ ,रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो ।
आज अमरसिंह मैदानमा सम्पन्न भएको फाईनल खेलमा काजी पोखरीले खेलको १६औं मिनेटमा अग्रता लिए पनि सेनाले पहिलो हाफको इन्जूरी समयमा गोल फर्काउदै खेल बराबरी ल्यायो । दोस्रो हाफमा दुुवै टोलीबाट गोल हुन सकेन र खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रेकरमा काजी पोखरीका खेलाडीले सुरुवाती पेनाल्टीनैे खेरा फाले पछि नेपाली सेना पश्चिम पृतनाले काजी पोखरीलाई टाई व्रेकरमा ३–२ ले पराजित गरेको हो ।
प्रतियोगिताको उपबिजेता बन्दै काजी पोखरीले नगद ७५ हजार ५ सय ५५ , मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सेनाका खेलाडी सन्तोष गुरुङ्ग घोषित भए भने सार्बाधिक गोलकर्ता तारा एफ सिका सामसुङ्ग भए । त्यस्तै अनुशासित टीम अक्सिजन लेकसाईडले हात पा¥यो । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर काजी पोखरीका किरण दुरा भए । उत्कृष्ट फवाडर्मा एलजी एशोशियसनका अजित गुरुङ्गले हात पार्याे ।
प्रतियोगिताका बिजेता र उपबिजेता टीम र खेलाडीहरुलाई पश्चिम पृतनाका उपरथि जग्दिश चन्द्र पोख्रेल, खम गुरुङ्ग,भरत के सी, ओम बस्नेत लाली गुराँस एशोशियसनका अध्यक्ष डम्बर जंग गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।