अपरमादी जलविद्युत आयोजनाको निर्माण पुरा, २५ मेगावाट विद्युत थपियो

सागर राज तिमिल्सिना
पोखरा, १५ पुस/ कास्कीको सिल्दुजुरे गाविसमा निमार्ण भएको २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत आयोजनाको निर्माणकार्य पूरा भएको छ । जलविद्युत आयोजनाको शुक्रबार उर्जामन्त्री जर्नादन शर्माले उद्घाटन गरे । शर्माले लोडसेडिङको भुतबाट मुक्त हुन सबैसँग आग्रह गरे । उनले देशका महत्वपूर्ण शहरहरु लोडसेडिङ मुक्त भैसकेकाले यसको भुत नपाल्न आग्रह गरेका हुन् । ‘हामीलाई दश बर्षदेखि लोडसेडिङको भुतले सताईरहेको छ ।

चाहेर पनि यसबाट मुक्त हुन सकेका छैनौं, उनले भने– प्राविधिक कारणले केही समय बत्ती नआउन सक्छ । अन्यथा देशका मुख्य शहरहरुमा लोडसेडिङको तालिका आउँदैन ढुक्क हुनुस् ।’ मन्त्री शर्माले काठमाण्डौं सहित पोखरा, विराटनगर, धरान लगाएतका शहरहरुमा अहिले लोडसेडिङ अन्त्य भैसकेको भन्दै अरु ठाउँहरुमा पनि यो अभियान निरन्तर लैजाने प्रतिबद्धता जनाए ।

अपरमादी जलविद्युत आयोजनाको निर्माण पुरा, २५ मेगावाट विद्युत थपियो
अपरमादी जलविद्युत आयोजनाको निर्माण पुरा, २५ मेगावाट विद्युत थपियो

आयोजनाले १० किलोमिटर टाढाको लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युतगृहमा पु¥याई राष्टिय प्रसारणमा जोडेको छ । चार हजार दुई सय मिटर लामो सुरुङमा मादी खोलाको पानी ल्याएर १ सय १६ मिटर पेनस्टक पाइपमार्फत बिजुली उत्पादन गरेको जलविद्युत आयोजनाका निर्देशक विजयबाबु मल्लले जानकारी दिए ।

विद्युतगृहमा साढे १२ मेगावाट क्षमताका २ वटा फ्रान्सिस टर्वाइन जडान गरिएको छ । आयोजना गत अप्रिलमा सकिनुपर्ने भए पनि भूकम्प, नाकाबन्दी र मादीमा आएको बाढी तथा पहिरोले काममा ढिलाइ भएको उनले बताए । लागत समेत बढेको उनको भनाई थियो । सुरुमा ५ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने भनिएकोमा बढेर झण्डै ७ अर्ब रुपैयाँ पुगेको आयोजनाका निर्देशक मल्लले बताए ।

मादी पावर प्रालिअन्तर्गतको आयोजनामा मल्लको २० प्रतिशत र चीनको चाइना थ्री गर्जेज कर्पोरेसनसँग आबद्ध चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत लगानी छ । आयोजना २०६९ पुस १३ बाट चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले निर्माण सुरु गरेको थियो ।

कमेन्टहरु
Loading...