सडक महोत्सवमा महोत्सवमा दर्शकको ओइरो

पोखरा, १५ पुस /रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी १८ औं पोखरा सडक महोत्सव तेश्रो दिनसम्म आइपुग्दा महोत्सव अवलोकनकर्ताहरुको संख्या ह्वात्तै बढ्ेको छ । शुक्रबार बिहानैदेखि लेकसाइडको सडकमा मानिसहरुको चहलपहल निकै बढेको थियो । त्यस्तै महोत्सवको मुख्य स्थल कोमागाने पार्क पनि दर्शकहरुले खचाखच भरियो ।

‘तेश्रो दिनसम्मको समापनलाई विश्लेषण गर्ने हो भने यसपटक विगतको वर्षमा भन्दा १५ देखि २० प्रतिशत दर्शक बढ्ने अनुमान गरियो’–महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले बताए । सडकमा आपसे आप मानिसहरुको चाप बढेपछि बाध्य भएर सडकमा सवारी रोक्न परेको उनले बताए । तर प्रशासनकै समन्वयमा सडकमा सवारी रोकिएको भट्टराईले बताए । शुक्रबार ल्होसारको विदा परेकाले पनि महोत्सवमा अवलोकनकर्ताको चाप बढ्को भट्टराईले बताए ।

‘शनिबार त यसैपनि मानिसहरुको संख्या धेरै हुन्छ, यसपटकको महोत्सवमा निकै राम्रो हुने हामीले विश्वास लिएका छौं’–उनले भने । महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ रामजी खाँड, कृष्ण देवकोटा, तारापति सुवेदी, जीवन दाहाल, सरला पाण्डे, शंकर विरही गुरुङ्ग, शिवहरी ढुङ्गाना, प्रेमराज अधिकारी र लक्ष्मी नेपालीको प्रस्तुती रहेको थियो । त्यसैगरि रत्यौली प्रतियोगिता शुक्रबारपनि जारी रहयो । हाँस्यकलाकारहरु खासखुसि युनिटको प्रहशन दर्शकले रमाइलो मानेका थिए ।

साँझपखदेखि भने सबिन राई, काठमाण्डौको हटपच तथा स्थानिय व्याण्डहरुको लाइभ ब्याण्ड प्रस्तुतीले युवाहरुलाई आकर्षित पारेको थियो । खेलकुदतर्फ महिला तथा बच्चाहरुका लागि क्यान्डल रेस, स्पोन रेस भएको थियो भने रस्साकसि प्रतियोगिता शनिबार दिउसो अम्मटघाट र रत्नमन्दिर आगडी सडकमा हुने खेल संयोजक हरि भुजेलले बताए ।

कमेन्टहरु
Loading...