प्रचारप्रसारको अभावमा पर्यटन व्यवसाय फस्टाएन पर्वतमा

पोखरा, १ असार/पर्वतवासी आफ्नो जिल्लाको पर्यटन विकासका लागि पर्यटन गुरुयोजना बनाई अगाडि बढ्ने भएका छन् । जिल्लामा पर्यटनका लागि आवश्यक पूर्वाधारहरु भए पनि प्रचारप्रसारका अभावका कारण पर्यटनको विकास हुन नसकेको निष्कर्षसहित उनीहरु सो अभियानमा लागेका हुन ।

पर्वतमा पर्यटक भित्र्याउनका लागि नेपालकै अग्लो झोलुङ्गेपुल, यान्त्रिक पुल, गुप्तेश्वर गुफा, सहस्रधारा, शालिग्राम, अलपेश्वर गुफा, लुङ्खुको महाशिला, पञ्चासे क्षेत्रलगायतका पर्यटकीय स्थल भए पनि प्रचारप्रसार हुन नसक्दा पर्यटकको रोजाइमा पुग्न सकेका छैनन् ।

पर्यटन क्षेत्रको विकासका लागि पर्यटन गुरुयोजना तर्जुमा कार्यशाला गोष्ठी पोखरामा आज सम्पन्न भएको छ । जिल्ला विकास समिति पर्वत, पर्वत पर्यटन प्रबद्र्धन केन्द्र र पर्वत विकास समाजको संयुक्त तत्वावधानमा सम्पन्न गोष्ठीका अवसरमा पर्वत जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रका तस्बिरहरु पनि प्रदर्शन गरिएको थियो । फोटो पत्रकार तथा साहित्यकार आर. के. अदिप्त गिरी र जिविस पर्वतकी जापानी स्वयम्सेविका एरिका ओकावाले खिचेका तस्बिरहरु प्रदर्शनी गरिएको हो ।

कमेन्टहरु
Loading...