एलजी कप सेभेन ए साइडका क्वाटरका खेल सम्पन्न

पोखरा, १४ पुस/‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोशियसन पोखरा द्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगितामा क्वाटरका खेलहरु सम्पन्न भएका छन ।

सम्पन्न अन्तिम क्वाटरका खेलहरुमा काजी पोखरीले संगम एफसीलाई १–० ले, आयोजक एलजी क्लवले पश्चिम क्षेत्रिय प्रहरी गणलाई २–० ले, नेपाली सेनाले तारा एफसी काठमाडौलाई २–० ले र अक्सिजन एफसीले वाँझापाटन बिलाई टाइ व्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रवार सेमीफाइनल र फाइनलका खेलहरु सम्पन्न हुने छन । एक लाख २५ हजार ५ सय ५५ नगद राशी प्रथम पुरुस्कार रहेको उक्त प्रतियोगिताको उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । पोखराको अम्वर सिंह खेल मैदानमा पुष ८ गते देखि सुरु भएको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको एशोसियशनका अध्यक्ष डम्वरजङ्ग गुरुङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...