राप्रपा कास्कीका अध्यक्ष पुनलाई पितृशोक

पोखरा, १४ पुस /राप्रपा कास्कीका अध्यक्ष तथा पुन समाज नेपालका केन्द्रीय सदस्य, संगठन विभाग प्रमुख जयलाल पुनलाई पितृशोक परेको छ । काठमाण्डौमा उपचाररत उनका पिता नन्दप्रसाद मगरको ९१ वर्षको उमेरमा बिहीवार निधन भएको हो ।

राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जवरा तथा केन्द्रीय नेताहरुले शोक व्यक्त गरे । उनको पार्थीव शरीरलाई पार्टीका केन्द्रीय सदस्य तथा अंचल संयोजक रमेश बहादुर भट्टराई, केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुलबहादुर गुरुङ्ग कुलु, केन्द्रीय सदस्य कमलमान गुरुङ्ग, शिव कुमार बास्तोलाले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिए ।

उनको निवास सैनिकबस्तीबाट निस्किएको शवयात्रामा पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरु, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो । उनको बिहीवार लेखनाथ स्थित मुसीढुङ्गामा दाहसंस्कार गरिएको छ ।

कमेन्टहरु
Loading...