अधिकारकर्मीद्धारा अस्पतालको सेवा सिघ्र सञ्चालनको अनुरोध

पोखरा, १४ पुस /चिकित्सकहरूको आन्दोलनका कारण विगत २३ दिनदेखि बन्द रहेको पोखराको गण्डकी मेडिकल कलेजमा आन्दोलनरत चिकित्सक र प्रशासन पक्षलाई भेट्दै अधिकारकर्मीहरूले अस्पतालमा अवरुद्ध रहेको सेवा सिघ्र सुचारू गर्न अनुरोध गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय पोखरा, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यलय पोखरा, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की र मानव अधिकारका पत्रकार सघ लगाएतका मानव अधिकारका क्षेत्रमा पोखरामा क्रियाशिल व्यक्तित्व सहभागी एक टोलीले बुधवार आन्दोलनरत् चिकित्सकहरू र कलेजको प्रशासनपक्षलाई भेटी विवाद समाधान गरेर अस्पतालको सेवा सुचारू गर्न अनुरोध गरेको हो ।

कलेज प्रशासनद्धारा निष्काशन गरिएका डाक्टरहरूको पूर्नवहाली गरिनुपर्ने, श्रम ऐन अनुसार करारका कर्मचारीहरूलाई स्थायी गरिनुपर्ने, समय सापेक्ष तलब बृद्धी गरिनुपर्ने र महिना बितेको एकसाताभित्र तलब वितरण गर्नुपर्ने जस्ता ४ बुँदे माग राख्दै गण्डकी मेडिकल कलेजका चिकित्सकहरू विगत २३ दिन देखि आन्दोलन गरिरहेका छन् ।

अधिकारकर्मीहरूको टोलीसंग आन्दोलनरत् चिकित्सकहरूले आफुहरूको जायज मागलाई पनि कलेज प्रशासनले ध्यान नदिएका कारणले नै आन्दोलन यतिका दिनसम्म लम्बिएको गुनासो गरे । आन्दोलनरत् चिकित्सकका तर्फबाट डाक्टर तारा कोईरालाले कलेज प्रशासनले वार्ताको लागि गम्भिरतापूर्वक तयार नभएका कारण चिकित्सा र अध्यापन सेवा रोक्नुपरेको बताए ।
उता कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनालले भने करार अवधि सकिएपछि दुईजना डाक्टरहरूको सेवा अवधि सकिएको र उनीहरूलाई निष्कासन नगरेको बताएका छन् । प्रमुख कार्यकारी अधिकृत खनालले चाँडो भन्दा चाँडो वार्तामार्फत समस्या समाधान गरि अस्पताल सेवा सुचारू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोही कलेजमा एमविविएस तर्फ अन्तिम वर्षमा अध्ययनरत् विद्यार्थीहरूले भने चिकित्सक र अस्पताल प्रशासनबीचको विवादले गर्दा आईतबारबाट सुरू हुने प्रयोगात्मक परिक्षालाई आन्दोलनरत् चिकित्सकहरू र कलेजको प्रशासनपक्षलाइ बार्तामा बसी समस्याको समाधानमा लाग्न अनुरोध गदै विद्यार्थीहरूले चिन्तित रहेको बताएका छन् ।

कमेन्टहरु
Loading...