कम्मर दुख्ने समस्याबाट कसरी छुटकारा पाउने ?

बदलिँदो जिवनशैली तथा व्यस्त दैनिकीका कारण सानै उमेरदेखि कम्मर दुख्ने समस्या धेरै मानिसको साझा समस्या बन्न थालेको छ । उठबसको गलत तरिकाका कारण नशामा बढि दबाब तथा दुखाई पैदा हुन्छ ।

1

यसका कारण कम्मर देखि लिएर खुट्टा सम्मका नशामा दबाब सिर्जना हुादा खुट्टा दुख्ने तथा कम्मर दुख्ने समस्या बढ्नजान्छ । यस्तो समस्या समाधानका लागि एक प्रकारको योगा निकै फलदायी हुन्छ । त्यस योगालाई अर्ध शलभासन भनिन्छ ।

कसरी गर्ने यो योगा ?

समतल स्थानमा विछौना ओछ्याएर पेट थिाचेर घोप्टो परेर सुत्नुहोस । सरीरको भारलाई पेटमा अठ्याउनुहोस् अनि चिउाडोलाई पनि जमिनमा टेकाउनुहोस् । दुबै हात जााघमुनि दबाउनुहोस् । लामो सास लिएर एउटा खुट्टा माथि लैजानुहोस् । खुट्टालाई सकेसम्म माथि लैजानुहोस् र यसो गर्दा हत्केलाले जााघलाई दबाउादै जानुहोस् । त्यसलाई विस्तारै खुट्टालाई तल ल्याउनुहोस् र हात पनि बाहिर निकाल्नुहोस् । फेरी अर्को खुट्टा हावामा माथि लैजाादा पनि सोही प्रक्रिया दोहोराउनुहोस् ।

सावधानी

खुट्टा खुम्चाउनु हुादैन । चिउाडोलाई जमिनमै टेकाउनुपर्छ । १० देखि ३० सेकेण्डसम्म सोही मुद्रामा रहनुपर्छ । जसलाई मेरुदण्ड, खुट्टा तथा जााघको गम्भीर समस्या छ उनीहरुले चिकित्सकको सल्लाह लिएर मात्र योगा गर्नुपर्छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/79656/#sthash.NWX4hlKm.dpuf

कमेन्टहरु
Loading...