एनआइसी एसिया बैंकको शाखा पर्वतमा

पर्वत, १३ पुस /एनआइसी एसिया बैंकले पर्वतको कुस्मामा शाखा बिस्तार गरेको छ । शाखाको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम लामिछानेले उद्घाटन गरे । बाराको जितपुर शाखाको पनि बुधबार नै उद्घाटन गरिएको छ । कुस्मा र जितपुर शाखासहित बैंकको शाखा सञ्जाल ७९ वटा पुगेको कर्पोरेट कम्युनिकेसन एण्ड ब्राण्डिङ हेड भानु दवाडीले जानकारी दिए । ‘एटिएम संख्या ६९ वटा र एक्सटेन्सन काउन्टर संख्या ३ पुगेको छ,’ उनले भने ।

कुस्मा शाखाबाट त्यस आसपास क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुने क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले बताए । ‘एनआइसी एसिया निजी क्षेत्रको अग्रणी बैंक हो,’ उनले भने, ‘सेवालाई बिस्तार गरी बैंकको पहुँच बढाइरहेका छौं ।’ बैंकले गत त्रैमासिक अबधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कर्जा सापटीमा ३९ प्रतिशत, निक्षेपमा ३४ प्रतिशत र खुद मुनाफामा ६६ प्रतिशतले बृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुँजी प्रयाप्तता अनुपात १२ दशमलव ५५ प्रतिशत रहेकाले बैंकको पुँजीको अवस्था सुदृढ रहेको शर्माले बताए । बैंकको हालै सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर तथा त्यसपछि कायम हुन आउने हकप्रद सेयरमा १५ प्रतिशत सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । देशका हरेक बजार क्षेत्रमा बैंकले शाखा बिस्तार गर्दै अगाडि बढ्ने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...