पोखरा गण्डकी मेडिकल कलेजमा २३ दिन देखि बन्द

सागर राज तिमिल्सिना
पोखरा, १३ पुष /चार बुदे माग राखी चिकित्सक आन्दोलित भएपछि पोखराको गण्डकी मेडिकल कलेज अन्तर्गत संचालित अस्पतालमा २३ दिन देखी आकस्मिक वाहेक सबै सेवा बन्द भएको छ । गण्डकी मेडिकल कलेज फ्याकल्टी एसोसियशनले निष्कासित चिकित्सकको पुनर्वहाली, करारका कर्मचारीको स्थायी, समयसापेक्ष तलब बृद्धि र समयमै तलब पाउनु पर्ने माग राखेर आन्दोलनमा उत्रिएको सर्घष समितिका सचिब डा तारा कोइरालले जानकारी दिए ।

उनले विना कारण चिकित्सलाई निस्कासन गरेका कारण उनिहरुलाई पुर्न वाहाली गर्नु पर्ने बताए ।आन्दोलनमा उत्रिएका कारण अस्पतालको बहिरंग सेवा र केलजको शैक्षिक कार्यक्रम प्रभावित भएको छन् । आन्दोलनले आगामी आइतबारदेखि सुरुहुने एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा प्रभावित हुने भएको छ । परीक्षाका लागि प्रयोगात्मकमा जानुपर्ने तर अस्पतालमा बिरामी नै नभएपछि एमबिविएस अन्तिम वर्षमा अध्ययनरत ५९ विद्यार्थी मर्काका परेको विद्यार्थीहरु बताउ छन् । सबै सेवा सुचारु गरे आन्दोलनरत पक्षसंग छलफल गरी समसामयिक विषयलाई सम्बोधन गर्न तयार रहेको कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालको भनाई छ ।

कलेज र अस्पतालमा ७ सय बढी कर्मचारी छन् । ५ सय ५० बेड रहेको अस्पतालमा दैनिक ८ देखि ९ सय बिरामी उपचारका लागि आउने अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्रप्त कलेजमा एमबिबिएसको पढाइ हुदै आएको छ भने बिडिएस, बिएन, बिएस्सी नर्सिङ, बिएमएलटी, बिएमआइटी, र बिपिएचको पढाई यस बर्षबाट सञ्चालन हुने खनालले जानकारी दिए । करार सकिएका २ चिकित्सिकहरुलाई म्याद नथपेको गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनालले बताए ।

कमेन्टहरु
Loading...